एनआरएनले काठमाडौंमा विज्ञहरुको सम्मेलन गर्ने
काठमाडौं । गैरआवासीय नेपाली संघले आगामी असोज २६ र २७ गते काठमाडौंमा विज्ञहरुको सम्मेलन गर्ने भएको छ ।
संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २०७५ साल असोज २६ र २७ गते विज्ञहरुको सम्मेलन आयोजना गर्ने जानकारी गराएको हो । नेपालको आर्थिक विकासका लागि आवश्यक छलफल हुने गरी विज्ञहरुको सम्मेलन आयोजना गर्न लागिएको संघका महासचिव डा. बद्री केसीले जानकारी दिए ।
सम्मेलनमा गैर आवासीय नेपाली विज्ञहरु, नेपालका विज्ञहरु र नेपालसँग जोडिएका विज्ञहरु सहभागी हुनेछन् । त्यसैगरी संघले असोज २८ गते भने विधान सभाको आयोजना गर्ने जनाएको छ ।
महासचिव केसीले संघको स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सम्मेलनले नेपालमा थप लगानी भित्रयाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
संघले सम्मेलनका लागि नेपाल सरकारका विभिन्न निकायसँग आवश्यक परामर्श गरिएको पनि जनाएको छ ।
संघले नेपालमा गैरआवासीय नेपालीहरुको लगानीलाई अझ व्यापक र दिगो बनाउनका लागि एक सामूहिक लगानी कोष खडा गर्ने सम्बन्धमा अध्ययन गरिरहेको पनि जनाएको छ । महासचिव केसीले कोष निर्माणका लागि प्रारम्भिक अध्ययन भईरहेको र नेपाल सरकारसँग आवश्यक छलफल गरी त्यसलाई अन्तिम रुप दिइने पनि स्पष्ट पारे । संघले कोषको बजेट नेपालको विकासका लागि आवश्यक आधारभूत संरचना निर्माणमा लगानी गर्ने योजना पनि अघि सारेको छ ।
कार्यक्रममा आप्रावासी धेरै नेपालीलाई समेट्न विस्तारित रुपमा लगानी भित्राउन चाहेको सल्लाहकार रामेश्वर शाहले वताए । १० अर्व लगानीको योग्य पुँजी भएको कम्पनी बनाउन पहल गरेको पनि उनले वताए । विदेशीमा रहेका नेपालीहरुको ९० प्रतिशत, नीजि क्षेत्रको ५ प्रतिशत र सरकारी तवरबाट ५ प्रतिशतको स्वामित्व हुने गरि कम्पनी खडा गर्ने तयारी भएको उनले वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि