एनआरएनले काठमाडौंमा विज्ञहरुको सम्मेलन गर्ने
काठमाडौं । गैरआवासीय नेपाली संघले आगामी असोज २६ र २७ गते काठमाडौंमा विज्ञहरुको सम्मेलन गर्ने भएको छ ।
संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २०७५ साल असोज २६ र २७ गते विज्ञहरुको सम्मेलन आयोजना गर्ने जानकारी गराएको हो । नेपालको आर्थिक विकासका लागि आवश्यक छलफल हुने गरी विज्ञहरुको सम्मेलन आयोजना गर्न लागिएको संघका महासचिव डा. बद्री केसीले जानकारी दिए ।
सम्मेलनमा गैर आवासीय नेपाली विज्ञहरु, नेपालका विज्ञहरु र नेपालसँग जोडिएका विज्ञहरु सहभागी हुनेछन् । त्यसैगरी संघले असोज २८ गते भने विधान सभाको आयोजना गर्ने जनाएको छ ।
महासचिव केसीले संघको स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सम्मेलनले नेपालमा थप लगानी भित्रयाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
संघले सम्मेलनका लागि नेपाल सरकारका विभिन्न निकायसँग आवश्यक परामर्श गरिएको पनि जनाएको छ ।
संघले नेपालमा गैरआवासीय नेपालीहरुको लगानीलाई अझ व्यापक र दिगो बनाउनका लागि एक सामूहिक लगानी कोष खडा गर्ने सम्बन्धमा अध्ययन गरिरहेको पनि जनाएको छ । महासचिव केसीले कोष निर्माणका लागि प्रारम्भिक अध्ययन भईरहेको र नेपाल सरकारसँग आवश्यक छलफल गरी त्यसलाई अन्तिम रुप दिइने पनि स्पष्ट पारे । संघले कोषको बजेट नेपालको विकासका लागि आवश्यक आधारभूत संरचना निर्माणमा लगानी गर्ने योजना पनि अघि सारेको छ ।
कार्यक्रममा आप्रावासी धेरै नेपालीलाई समेट्न विस्तारित रुपमा लगानी भित्राउन चाहेको सल्लाहकार रामेश्वर शाहले वताए । १० अर्व लगानीको योग्य पुँजी भएको कम्पनी बनाउन पहल गरेको पनि उनले वताए । विदेशीमा रहेका नेपालीहरुको ९० प्रतिशत, नीजि क्षेत्रको ५ प्रतिशत र सरकारी तवरबाट ५ प्रतिशतको स्वामित्व हुने गरि कम्पनी खडा गर्ने तयारी भएको उनले वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण