गीतको म्युजिक ट्रयाक अनधिकृत प्रयोग नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
मङ्गलबार, १९ मङ्सिर २०८०, १७ : ५९
काठमाडौँ । लोक तथा दोहोरी गीत प्रतिष्ठानले सांगीतिक कार्यक्रमको सिलसिलामा विभिन्न स्रटा, सर्जक, प्रस्तोता तथा उत्पादकहरुको स्वामित्व रहेको बौद्धिक सम्पत्ति गीतको म्युजिक ट्रयाक अनधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरेको छ ।
गीतको म्युजिक ट्रयाक अनधिकृत रूपमा व्यावसायिक प्रयोग गरिएको विषयमा सरोकारवाला लगायतबाट जनगुनासो आएकोले प्रतिष्ठानले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो अनुरोध गरेको हो ।
प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर, महासचिव शिव हमाल, सचिव घनश्याम रिजालद्धारा हस्ताक्षरित विज्ञप्तिमा गीतको म्युजिक ट्रयाक अनधिकृत रूपमा प्रयोग गरेको, गराएको पाइएमा प्रचलित प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ अनुसार सम्बन्धित अधिकार धनीको माग बमोजिम असुल उपर, जरिवाना, दण्ड सजाय हुने समेत बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण