शुक्रबार, १८ फागुन २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टाटा गाडीका मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला आयोजना

बुधबार, २० मङ्सिर २०८०, २० : १९
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । सिप्रदी अटोपार्टस प्रा.लिले मंगलबार प्रदेश सातको धनगढीमा टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला आयोजना गरेको छ । टाटाका सामानहरू सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरूलाई अधिकतम फाइदा उपलब्ध गराउने लक्ष्यका साथ भेलाको आयोजना गरिएको थियो । 

यो कार्यक्रममा सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टस्को प्रयोग गर्नाको फाइदाहरूको बारेमा प्रकाश पारेका थिए । सो कार्यक्रममा करिब ५० जनाको उपस्थिति थियो । 

कार्यक्रम सिप्रदी अटोपार्टसका क्षेत्रीय प्रबन्धक डम्बर चन्दले गरेका थिए । उक्त अवसरमा उत्कृष्ट काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहार सहित सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप