बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन गर्नुपर्छ : अध्यक्ष सिंह

शनिबार, २७ वैशाख २०८२, १९ : ००
शनिबार, २७ वैशाख २०८२

हेटौँडा । निर्माण व्यवसायी सङ्घका अध्यक्ष रवि सिंहले अर्थतन्त्र चलायमान बनाउन सरकारले विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन गर्नुपर्ने बताएका छन् । उनले विकास निर्माणको काममा बाधा देखिएका ऐनहरूलाई तत्काल संशोधन गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

शनिबार निर्माण व्यवसायी सङ्घ मकवानपुरको साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले पुराना ऐनका व्यवस्थाका कारण विकास निर्माणका काममा समस्या हुँदा अर्थतन्त्र समेत चलायमान हुन नसकेको टिप्पणी गरे । उनका अनुसार सरकारले तत्काल वन ऐन, स्थानीय सरकार सञ्चालन ऐन, सार्वजनिक खरिद ऐन सहित लगायत विकास निर्माणको कार्यमा अवरोध सृजना गरेका ऐनहरू परिमार्जन गर्नुपर्छ ।

अध्यक्ष सिंहले पूर्वाधार मैत्री ऐनहरू नहुँदा विश्वमा सफल भएका निर्माण व्यवसायीहरू नेपालमा असफल हुने गरेको उनले दाबी गरे । समयानुकूल नीति नियम परिमार्जन गरेर अर्थतन्त्रलाई व्यापक चलायमान गराउन सरकार गम्भीरताका साथ अघि बढ्नुपर्ने उनले बताए ।

ऐन कानुनहरू बाधक बन्दा अनुदान र ऋणमा आएका आयोजनाहरू समेत समयमै सम्पन्न हुनसक्ने अवस्था नरहेको उनले बताए । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निर्माण व्यवसायीहरूलाई सम्बोधन गर्ने विषयलाई कार्यान्वयन गर्न निर्माण व्यवसायीहरू एकजुट हुन जरुरी रहेको उनले औँल्याए ।

अध्यक्ष सिंहले महासङ्घमा विभिन्न राजनीतिक विचारधारा राख्ने भए पनि समग्र निर्माण उद्योगको हितमा काम गर्नुपर्ने बताए । आलोचनालाई शक्तिमा परिणत गरेर नेतृत्वले काम गर्नुपर्ने उनको भनाइ छ ।

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप