शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

शनिबार, २७ वैशाख २०८२, १९ : १०
शनिबार, २७ वैशाख २०८२

काठमाडौँ । वैदेशिक रोजागरीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–४ घर भएका ३४ वर्षीय सुदिपमान सिंह बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका–८ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ घर भएका गुमान सिंह तामाङ रहेका छन् ।

पक्राउमध्ये सुदिपले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र गुमानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदिपलाई ललितपुर महानगरपालिका–२५ भैंसेपाटीबाट शुक्रबार र गुमानलाई काठमाडौं महानगरपालिका–५ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप