सोमबार, १४ फागुन २०८०
ताजा लोकप्रिय

तालिवानको डरले जब एक बुवाले छोरीलाई छोरा बनाएर हुर्काए

बिहीबार, २१ मङ्सिर २०८०, १४ : ५२
बिहीबार, २१ मङ्सिर २०८०

जोडदार थप्पड खाएपछि सानी निलोफर अयुबीको अनुहार लामो समयसम्म रातो रह्यो । उत्तरी अफगानिस्तानको कुन्दुजको सडकमा खेलिरहेकी निलोफरलाई थप्पड लागेपछि उनी भुइँमा लडेकी थिइन् ।

त्यतिबेला उनी चार वर्षकी मात्र थिइन् जब लामो दाह्री र अग्लो कद भएका हेर्दै डरलाग्दो मानिसले उनको छातीमा हात राख्यो। उनी निलोफरको ‘स्त्रीत्व’ पहिचान गर्न चाहन्थे । गालामा थप्पड हानेपछि ती व्यक्तिले निलोफरलाई भविष्यमा बुर्का बिना देखेमा बुबालाई नछोड्ने धम्कीसमेत दिए ।

यस घटनाको २३ वर्षपछि निलोफरले बीबीसी रेडियो कार्यक्रम आउटलुकमा दिएको अन्तर्वार्तामा भनिन्, ‘म रुँदै घर पुगेँ । बुबाको अनुहार रिसले रातो भयो। उनी रिसले चुर थिए ।

निलोफर भन्छिन्, ‘मलाई मेरो बुबा कोठामा गुनगुनाइरहेको सम्झना छ - तिमीलाई छुने हिम्मत कसरी भयो?’ 

e2ac40c0-7dbb-11ee-a162-e900014bd4ba

यसपछि उनले ठूलो निर्णय लिए । निलोफरकी आमालाई कैँची ल्याउन र कपाल काट्न भन्यो। ‘उहाँले आमालाई भन्नुभयो - उसलाई केटाको लुगा लगाइदेउ ।’

निलोफर तालिबान शासनको पहिलो अवधिमा अफगानिस्तानमा हुर्किएकी थिइन्। यो समय १९९६ र २००१ को बिच थियो । तालिबानको शरिया कानूनबाट बच्नका लागि निलोफरले आफ्नो जीवनको करिब दश वर्ष केटाको रूपमा बाँचिन् । 

तालिबानले शरिया कानूनलाई आफ्नै तरिकाले व्याख्या गर्छ। र, यसअन्तर्गत उनले महिलालाई अधिकारबाट वञ्चित गर्दै आएको छ ।

निलोफर अहिले पोल्याण्डमा बस्छिन् । आफ्नो बाल्यकालका घटनाहरू सम्झँदै उनी भन्छिन्, ‘त्यतिबेला अफगानिस्तानमा हुर्कनु भनेको संसारको सबैभन्दा रूढिवादी क्षेत्रमा हुर्केको जस्तो थियो।’

‘त्यहाँ तपाईंको अधिकार तपाइँ पुरुष वा महिला भनेर निर्धारण गरिएको थियो।’

a94f6cd0-7f50-11ee-9941-f75261222061

बाल्यकाल

निलोफरको जन्म सन् १९९६ मा भएको थियो । यद्यपि उनको राहदानीमा उनको जन्म मिति सन् १९९३ छ ।

सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेना आइपुगरे तालिबानपछि हट्ने बित्तिकै निलोफरका बुबाले उनलाई विद्यालयमा भर्ना गराउने प्रयास गर्न थाले । छोरीले जतिसक्दो चाँडो पढाइ सुरु गरोस् भन्ने उनको चाहना थियो ।

निलोफरले भनिन्, ‘कुन्दुज महिलाका लागि राम्रो सहर थिएन। महिलाका मात्र होइन यो पुरुषहरूको लागि पनि गाह्रो शहर थियो ।’

उनी भन्छिन्, "अफगानिस्तानमा केटा हुनुले तपाईंलाई स्वचालित रूपमा तागत दिन्छ । यदि तपाईं दुई वर्षको छोरो हुनुहुन्छ भने तपाईंले जन्म दिने आमाको भन्दा धेरै सम्मान पाउनुहुन्छ । चार वर्षको भएपछि ऊ जन्म दिने महिलाको अभिभावक बन्छ । आमा भने दास जस्तै हुन्छिन्। नारी भएर तपाईंको अस्तित्व कतै पनि हुँदैन । बिल्कुल अदृश्य।’

dc0b40c0-7dbd-11ee-b315-7d1db3f558c6

घरपरिवारमा छोरीलाई छोराजस्तो पहिरन लगाउने चलन यही कारण भएको निलोफर बताउँछिन् । परिवारमा अगाडि लैजाने पुरुष नभएको खण्डमा कुनै पनि साधनस्रोतले त्यसको महिला सदस्यलाई भेटेर श्रीमती बनाउन खोज्छ ।

‘मेरो मामलामा त्यस्तो थिएन,’ उनी भन्छिन्, ’हाम्रो परिवारमा पुरुषहरू थिए त्यसैले म स्वतन्त्र रूपमा बाँच्न पाएँ ।’

स्वतन्त्रता

अनौठो तरिकाले कपाल काटेर र आफ्नो भाइको पुरानो लुगा लगाएपछि, उनलाई थाहा थिएन कि उनको जीवन कसरी पूर्ण रूपमा परिवर्तन हुँदैछ।

834c6690-7dbc-11ee-89c8-35f95e257b8a

निलोफर भन्छिन्, ‘मलाई दाजुभाइले जस्तै व्यवहार गरियो। केटाको लुगा लगाएर बुबासँग बजार जान पाउँथे, बसमा यात्रा गर्न पाउँथे, खेलकुदमा भाग लिन सक्थेँ । छरछिमेकका केटाहरू मेरा साथी भइसकेका थिए । साथीहरूसँग म सधैँ घरबाहिर खेल्थेँ ।

तर निलोफरका अन्य दिदीबहिनीहरूको लागि जीवन अफगानिस्तानका अन्य महिलाहरू जस्तै थियो। उनीहरु दिनभर टाउको छोपेर घरभित्रै बस्नुपरेको थियो । शरीरको कुनै भाग नदेखिने गरी लुगा लगाउनुपर्थ्यो। उनको बुबालाई भने यसप्रति घृणा थियो।

निलोफर भन्छिन्, ‘मेरो बुबा कहिल्यै पनि पहेँलो परम्परागत लुगा लगाउने पक्षमा हुनुहुँदैन थियो । हामीले किन राम्ररी लुगा लगाएको छैन भनेर उहाँ सधैँ मेरी आमासँग झगडा गर्नुहुन्थ्यो। हामीलाई किन यस्तो खुला र लामो लुगा लगाउन लगाइदिएको ?’

वास्तविकता तिर

तेह्र वर्षको उमेरमा निलोफर जुडोको कडा तालिमपछि निराश भएर घर फर्किइन् । उनको खुट्टा दुखिरहेको थियो । उनी सिधै ओछ्यानमा पस्न चाहन्थिन् । बाथरुममा पस्नेबित्तिकै उनले खुट्टाको बीचमा रगत बगिरहेको देखिन् । उनी नराम्ररी डराइन् । तर उनको जीवनले नयाँ मोड लिएको उनले बुझिनन् ।’

उनी भन्छिन्, ‘अर्को दिन मैले मेरो साथीलाई यो कुरा सुनाएँ। उसले हाँस्न थाल्यो र मलाई भन्यो, तिमी मुर्ख छौँ। तिम्रा दिदीबहिनीले यो कुरा भनेनन् ?'

5cda7b50-7dbc-11ee-8139-61b1db4c8e2f

सोही साथीले उनलाई यो ‘रहस्य’ बारेमा जानकारी गराइन् र टिभी विज्ञापनमा देखिने सेनेटरी प्याडको महत्त्व बुझाइन् । उनी भन्छिन्, ‘जब म घर फर्किएँ, मेरी आमाले मेरो लुगामा केही देख्नुभयो। तर मकहाँ आएर मलाई राम्रो महसुस गराउनुको सट्टा म किन यति छिट्टै हुर्कदैछु भनेर सोध्न थाल्नुभयो ।’

निलोफरको जीवन आफू र अरु छोरीहरुको जीवन जस्तै हुने थाहा पाएर उनकी आमा रोईरहिन् । उनको जीवन चार पर्खाल भित्र कैद थियो।

विद्रोही मनोवृत्ति

किशोरावस्थामा निलोफरको जीवन विद्रोही स्वभावले भरिएको थियो। यही कारण थियो कि उनले केटीहरूलाई उनीहरूको शरीरमा भइरहेको परिवर्तनहरू बुझाउन समूह गठन गरिन् ।

उनको यो बानीले उनलाई भारत गएर अध्ययन गर्न प्रेरित गर्‍यो । यसले विवाहको बारेमा उनको विचारलाई आकार दिन मद्दत गर्‍यो ।

a5dfb090-7f47-11ee-8139-61b1db4c8e2f

उनी भन्छिन्, ‘मलाई धेरै विवाहको प्रस्ताव आएको थियो । म सानो छँदा प्रस्तावहरू आउन थालेका थिए तर मेरो बुबाले मलाई धेरै सुरक्षा दिनुभयो। उहाँले म अहिले नै बिहे नगर्ने बताउनुभयो । पहिले पढाइ पूरा गर्छिन् अनि के गर्ने भनेर सोच्छिन् भनेर भन्नुभयो ।’

अन्ततः २०१६ मा उनले १९ वर्षको उमेरमा विवाह गरिन् । गत वर्ष बुबाको मृत्युपछि छोडिएको खाली ठाउँ उनको श्रीमानले भरे। ’उहाँले पक्कै पनि मेरो बुबाको ठाउँ लिन सक्नुहुन्न थियो,’ उनी भन्छिन्, ‘तर उहाँले यो भूमिका निर्वाह गर्नुभयो । उहाँ धेरै सहयोगी हुनुहुन्छ ।’

बाहिरको बाटो

निलोफरको परिवार बढ्दै गयो र अन्ततः उनीहरू राजधानी काबुल पुगे। त्यहाँ उनीहरुले धेरै फर्निचर पसल खोले । एक समय उनको व्यवसायमा ३ सय जना सम्म काम गर्थे । तीमध्ये अधिकांश महिलाहरू थिए जसको कुनै पुरुष अभिभावक थिएन।

तर २०२१ सम्म अफगानिस्तानबाट अमेरिका र सहयोगीहरू फिर्ता भएसँगै तालिबान फेरि एकपटक फर्कियो। निलोफर र उनको परिवारको लागि यो भूमिगत हुने समय थियो।

60c402d0-7dc2-11ee-b315-7d1db3f558c6

काबुलको गल्लीहरूमा अराजकता बढ्दै जाँदा, उनीहरुले आफ्नो व्यवसायको ठाउँ नजिकै आश्रय खोज्ने योजना बनाए । उनकी आमा र दिदीहरू सहरको अर्को छेउमा गए। उनीहरु उनको पहुँचभन्दा बाहिर थिइन् । त्यतिबेला निलोफरले अफगानिस्तानको घटनाक्रमबारे जानकारी लिन आएका पत्रकारलाई ब्रिफिङ गरिरहेकी थिइन् ।

पोल्याण्डकी एकजना पत्रकारले निलोफरलाई सोधे कि के उनको र उनको परिवारका सदस्यहरूको नाम त्यस्तो कुनै सूचीमा छ जसलाई अफगानिस्तान छोड्न अनुमति दिन सकिन्छ ?

निलोफरले भन्छिन्, ‘मैले होइन भनेँ, त्यसपछि उनले मलाई एक घण्टा दिनु भने ।’

त्यसपछि उनको नाम ह्वाट्सएप ग्रुपमा थपियो र उनलाई २४ घण्टाभित्र काबुल एयरपोर्ट पुग्न भनियो। केवल दुई झोलाहरू ल्याउनुहोस् भनियो।

उनी भन्छिन्, ‘मेरी आमा कुरान लिएर उभिएकी थिइन् । त्यो अन्तिम पटक थियो जब मैले मेरी आमा र मेरो घर देखेको थिएँ।

nilofar-1-scaled

नयाँ जीवन

निलोफर र उनको परिवार हाल पोल्याण्डमा बस्दै आएका छन् । अफगानिस्तानबाट उड्ने विमानमा चढ्नुअघि उनलाई यो देशको बारेमा धेरै कम जानकारी थियो।

तर सबै कठिनाइहरूको बावजूद, उनी आफ्नो देश र संसारमा महिला अधिकारको लागि लड्ने वकिल बनिन्। उनले ब्रसेल्स, जर्मनी र अमेरिकाको भ्रमण गरिसकेकी छिन् । उनले त्यहाँका मानिसहरूलाई आफ्नो विभाजित जीवनको बारेमा सुनाएकी छन् ।

उनी भन्छिन्, ‘मेरो जीवन अभिशाप र वरदान दुवै थियो।’

maxresdefault

उनी भन्छिन्, ‘श्राप किनभने यसले मलाई भित्रबाट छियाछिया बनाएको छ। म न त पूर्ण नारी बन्न सक्छु न त पुरूष । तर यो पनि वरदान साबित भयो। मैले दुवै अनुभव पाएँ। यसले मलाई बलियो महिला बनायो। आज म उस्तै छु ।’

(राफेल अबुचाईले यो कथा बीबीसी रेडियो कार्यक्रम आउटलुकमा प्रसारित कथामा आधारित लेखेका हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप