तुलसा अधिकारीको थुनछेक बहस सुरु
बिहीबार, २१ जेठ २०८३, १२ : १७
सारांश
- टिकटकर तुलसी अधिकारीको थुनछेक बहस ललितपुर जिल्ला अदालतमा सुरु भएको छ।
- सरकारी वकिल र प्रतिवादीका कानुन व्यवसायीको बहसपछि अदालतले थुनछेक आदेश दिनेछ।
- अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा ६ करोड ५२ लाख बिगोसहित मुद्दा दायर भएको छ।
काठमाडौँ । टिकटकर तुलसाअधिकारीको थुनछेक बहस सुरु भएको छ । अधिकारी विरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा सुनुवाइ भइरहेको हो ।
सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने र प्रतिवादी अधिकारीको कानुन व्यवसायीले बहस गरेसँगै बहस पूरा हुनेछ । थुनछेक बहसपछि आजै अदालतले अधिकारीलाई थुनामा पठाउने या धरौटीमा छाड्न पनि छाड्न सक्नेछ ।
प्रतिवादी अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर गत शनिबार राति काठमाडौँ ल्याइएको थियो । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको थियो ।
एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनी विरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण