एउटै सचिव वर्षमा चारपटक सरुवा गरेर सुशासन हुँदैन : उपेन्द्र यादव
काठमाडौँ । सांसद उपेन्द्र यादवले संघमा मात्रै नभएर प्रदेशमा पनि उत्तिकै बिजोग अवस्था रहेको बताएका छन्। शुक्रवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै सांसद यादवले सो कुरा बताएका हुन् ।
उनले प्रदेशमा खाली झन्डा, गाडी र गार्ड मात्रै रहेको तर कर्मचारी अभावमा काम अड्किएको बताए। अहिलेको व्यवस्थाप्रति नै प्रश्न उठाउँदै यादवले एउटै सचिव वर्षमा चार पटक सरुवा गरेर सुशासन नहुने बताए।
‘सुशासनबिना विकास हुँदैन। कुशासन बढेको छ। २०७६ मा प्रहरी समायोजन एन संसद्ले पास गरे पनि कार्यान्वयन भएको छैन’ यादवले भने, ‘सङ्घीय प्रहरी ऐनको अत्तोपत्तो छैन सुशासन होइन कुशासन बढ्यो। संविधान कार्यान्वयन हुनुपर्दैन ? जहाँसम्म टिआरसीको कुरा छ, यो १० वर्ष भयो टुङ्ग्याउन ढिला भयो। एनसेलमा राजनीति र प्रशासनिक नेतृत्वबारे छानबिन हुनुपर्छ। फास्ट ट्र्याक त कहिले बन्ने कहिले ? सेनालाई व्यापार गर्न दिने कि नदिने ? सेनाले अरूलाई ठेक्का दिन मिल्ने कि नमिल्ने ? सेनाको पेशागत मर्यादा कहाँ पुग्छ ? अन्य मुलुकको पनि हेर्नुपर्छ।’
जसपाका अध्यक्ष समेत रहेका यादवले फास्ट ट्र्याकको विषयमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले अहिले जति सुशासनको अवस्था बिग्रिएको कहिल्यै नभएको बताए । उनले भने,‘सुशासनका मान्यता र आधार छुट्याउनुपर्यो। अहिले जति सुशासन बिग्रिएको अवस्था कहिल्यै थिएन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण