महेश र सृष्टिको ‘११ः५५’ फ्लोरमा
काठमाडौँ । केशव पाण्डेको निर्देशन रहने फिल्म ‘११ः५५’को छायाङ्कन सुरु भएको छ । शनिबार साँझ रानीवनमा फिल्मको एक एक्सन दृश्य छायाङ्कन गर्दै फिल्म सुरु गरिएको हो । फिल्मका लागि सागर खनाल र एमएस अग्रजले पहिलो दृश्य दिए ।
बिहीबार राजधानीमा एक कार्यक्रमकाबिच घोषणा भएको फिल्ममा निर्देशक पाण्डेकै कथा रहेको छ । महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायतको अभिनय रहने फिल्मको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले तयार पारेका हसन् । क्राइम, थ्रिलर विधामा फिल्म निर्माण हुन लागेको हो ।
विचित्र फिल्मस्सँग गुड जब आर्ट्सको निर्माण सहकार्य रहेको फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता रहेका छन् ।
प्रद्युम्न मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन रहने फिल्मका प्रोडक्सन डिजाइन सुवासराज काफ्ले हुन् ।
फिल्म ‘११ः५५’ मा ६ व्यक्तिको कथा देखाइनेछ । ३५ दिनको सेड्युल सहित फिल्म सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण