इस्लिङ्टन कलेजमा साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन

काठमाडौँ । इस्लिङट्न कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ । लण्डन मेट्रोपोलिटन विश्वविद्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसँगको सहकार्यमा आयोजित कार्यक्रमबिच केन्द्रको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पनि उपस्थिति रहेको थियो । अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्ने रहेको कलेजले जनाएको छ ।
शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूले यहाँ गरेको अनुसन्धानको आधारमा साइबर सुरक्षा डोमेन भित्र उदीयमान प्रविधिहरू अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गर्ने जनाइएको छ । यी लक्ष्यहरू प्राप्त गर्न केन्द्र डिजिटल फोरेन्सिक प्रयोगशाला, सुरक्षा अपरेसन केन्द्र (SOC), र अनुसन्धान केन्द्रसँग आवश्यक पूर्वाधार सुसज्जित रहेको छ ।
अनुसन्धान केन्द्रले नेपालको महत्त्वपूर्ण पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक पर्ने दक्ष साइबर सुरक्षा अधिकारीहरु नेपालमै छन् भनी सुनिश्चित गर्न पनि मद्दत गर्ने कलेजको भनाई छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो - भाइस चान्सलर नोना म्याकडफले साइबर सुरक्षाशिक्षाको क्षेत्रमा इस्लिङटन कलेजको अन्तर्राष्ट्रिय सहकार्य र मान्यताको विषयमा चर्चा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर