सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘आमा सेमिनार’ अब अष्ट्रेलियामा पनि हुने

सोमबार, २५ मङ्सिर २०८०, १२ : २५
सोमबार, २५ मङ्सिर २०८०

अष्ट्रेलिया । मानवसेवा आश्रमले अष्ट्रेलियामा ‘आमा सेमिनार’ गर्ने भएको छ । गोरखा समाज अष्ट्रेलियाको आयोजनामा आश्रमले फेब्रुअरी १३ देखि मार्च १३ अर्थात नेपाली मितिअनुसार फागुन महिनामा अष्ट्रेलियाको सातै प्रदेशमा आमा सेमिनार आयोजना गर्ने भएको हो ।

आमा सेमिनार गर्ने तयारी भैरहेको गोरखा समाज अष्ट्रेलियाका अध्यक्ष आनन्द श्रेष्ठले बताए । अष्ट्रेलियाको विभिन्न शहरमा हुने सो कार्यक्रमको उद्देश्य मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने आमाबुबा र मातृभुमिप्रति महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जन–जनमा पुर्‍याउनु रहेको जनाइएको छ । 

नेपालका विभिन्न जिल्ला र शहरहरुमा आमा सेमिनार गर्दै आएको आश्रमले गत महिना बेलायतमा सफतलापूर्वक आमा सेमिनार सम्पन्न गरेको थियो । विदेशमा रहेका नेपालीलाई देश र देशप्रतिको माया सद्धभाव र स्नेह बढाउने लक्ष्यसहित मानवसेवा आश्रमले विदेशी भूमिमा समेत आमा सेमिनार गर्ने भएको हो । अष्ट्रेलिया लगायत अमेरिका, क्यानडा, बेल्जियम, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, पोर्चुगल, जापान, हङकङ र कोरिया लगायतका राष्ट्रहरुमा आमा सेमिनार भव्यता साथ गर्ने तयारी रहेको मानवसेवा आश्रमले जनाएको छ ।  

3

विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिँदै आएका संस्थाका  केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आमा सेमिनारको प्रस्तुति गर्नेछन् ।  अष्ट्रेलियामा एक महिनासम्म हुने आमा सेमिनारमा त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुको प्रत्यक्ष उपस्थिती सहित यसको लाभ लिन अनुरोध गरिएको छ ।

सडकमा रहेका बा–आमाको सेवा तथा संरक्षणमा जुटेको मानवसेवा आश्रमले जन्मदाताप्रति सन्तानको दायित्व, सामाजिक दायित्व बोध गराउन र समाजमा सकारात्मक सन्देश दिन उक्त कार्यक्रमको आयोजना गर्दै आएको छ । यद्यपि, गोरखा समाज अष्ट्रेलियाको समन्वयमा मानवसेवा आश्रमले अष्ट्रेलियामा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आयोजना गरेको थियो ।

wwww

उक्त महायज्ञबाट मानवसेवा आश्रम गोरखा शाखाको भवन निर्माणको लागि १२ लाख सहयोग गरेको गोरखा समाज अष्ट्रेलियाले अब अष्ट्रेलियामा आयोजना हुने सम्पूर्ण कार्यक्रमको संयोजन गर्ने भएको छ । गोरखा समाजले सेमिनारको अघिल्लो दिन मानवसेवा आश्रम गोरखा शाखाको भवननिर्माण सहयोगार्थ अष्ट्रेलिया निवासी नेपाली महानुभावहरुमाझ गाला डिनर समेत आयोजना गर्ने बताएको छ ।

गोरखा समाज अष्ट्रेलियाले यसअघि समेत अष्ट्रेलियामा नयाँ वर्ष, चाडवर्ष लगायत विभिन्न रोजगारमुलक कार्यशाला, आफ्नो भाषा, कला, धर्म, संस्कार र संस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्दै भावी पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने जस्ता कार्यक्रम गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप