लुम्बिनी विकास बैंकले ८.५० प्रतिशत लाभांश दिने
मङ्गलबार, २६ मङ्सिर २०८०, ११ : १४
काठमाडौँ । लुम्बिनी विकास बैंकले आफ्ना लगानीकर्तालाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आज बसेको कम्पनीको ४६१औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट साढे ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैंकले लगानीकर्तालाई ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । ४.५० प्रतिशतका दरले हुन आउने १५ करोड २२ लाख २६ हजार रुपैयाँ नगद लाभांश र ४ प्रतिशतका दरले १३ करोड ५३ लाख १२ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने छ ।
बैंकको सञ्चालक समितिले गरेको लाभांश वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुपर्ने छ । यस्तै, बैंकको आगामी वार्षिक साधारण सभाले समेत पारित गर्नुपर्ने छ । गत वर्षको असार मसान्तसम्मको अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ३८ करोड २८ लाख रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण