एमालेको सङ्कल्प यात्राले संसदीय समिति प्रभावित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सङ्कल्प यात्राले संसदीय समिति प्रभावित बनेको छ । फास्ट ट्र्याक, जन्ममिति विवादलगायत विषयमा राज्य व्यवस्था तथा सुशासन समितिमा आज डाकिएका प्रधान सेनापति प्रभुराम शर्मालाई ४ गते बोलाइने भएको छ ।
यसअघिकै बैठकमा समिति सदस्य एवं एमाले सांसद रघुजी पन्तले एमालेको सङ्कल्प यात्राका कारण अधिकांश समिति सदस्यहरू उतै व्यस्त भएका कारण मिति सार्नुपर्ने जनाउ दिएका थिए ।
त्यसैगरी २५ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई डाकिएकोमा प्रतिपक्षी सांसदहरूकै कारण पुस ३ मा सार्नुपरेको जानकारी समिति सभापति रामहरि खतिवडाले दिए ।
नेपाली कांग्रेसका ओखलढुङ्गाका सांसदसमेत रहेका खतिवडाले रातोपाटीसँग भने,‘ एमालेका सांसदहरू सङ्कल्प यात्रामा व्यस्त रहेकाले समितिको बैठक सानुपर्यो ।’ समितिले एनसेल प्रकरणमा जवाफ दिन प्रधानमन्त्रीलाई बोलाउने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण