आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

होस्टेलमा खाना पकाउन गएकी किशोरी बलात्कृत, आरोपित शिक्षक फरार

शुक्रबार, २९ मङ्सिर २०८०, २० : ४१
शुक्रबार, २९ मङ्सिर २०८०

सिरहा । सिरहाको एक निजी विद्यालयको होस्टेलमा खाना बनाउन आमालाई पालो दिन गएकी एक बालिका बलात्कृत भएकी छन् । विष्णुपुर गाउँपालिका–१ मा रहेको रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउन गएकी १४ वर्षीय किशोरी बिहीबार मध्यराति २५ वर्षीय शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन् ।

घटनापछि शिक्षक यादव फरार भएका छन् । घटना लगत्तै किशोरीले राति नै दिदीलाई फोन गरेर जानकारी गराएकी थिइन् । उनकी दिदीले विद्यालयका सञ्चालक संजय यादवलाई राति १२ बजे फोन गरेर घटनाबारे जानकारी दिएकी थिइन् ।

विद्यालय संचालक यादवका अनुसार आरोपित शिक्षक राति नै फरार भएका हुन् । उनले भने, ‘बालिका राति नै घर जान चाहेकी थिइन्, मैले राति नजाउ भनेर राखेँ । बिहान अभिभावक आएपछि उनीहरुकै जिम्मा लगाएको हो ।’

स्कूलका सञ्चालक यादवले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको बालिकाका आफन्तको भनाइ छ ।

बलात्कार आरोपित शिक्षक यादव सिरहा नगरपालिका–१७ पटेर्वाका हुन् । उनले विज्ञान विषय पढाउँदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे जानकारी आएको र यस विषयमा थप बुझ्ने काम भइरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डले पीडित आएको र उनका अभिभावकहरु आउने क्रममा रहेकाले घटनाबारे सोधपुछ गर्ने कार्य भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप