प्रिमियर लिगको खेलमा रेफ्री गर्ने पहिलो महिला बन्दै रेबेका
शनिबार, ३० मङ्सिर २०८०, ०८ : ०२
लण्डन । रेबेका वेल्चले डिसेम्बर २३ मा बर्नली विरुद्ध फुलह्यामको खेलको जिम्मेवारी लिएपछि प्रिमियर लिगको खेलमा रेफ्री गर्ने पहिलो महिला बन्ने भएकी छन्।
सन् २०१० मा आफ्नो रेफ्री यात्रा सुरु गरेकी ४० वर्षीया रेबेका गत जनवरीमा च्याम्पियनसिप खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्री बनेकी थिइन्। गत महिना उनी म्यानचेस्टर युनाइटेड र फुलहमको खेलमा फोर्थ अफिसियलको रूपमा काम गर्ने पहिलो महिला बनिन्।
रेफ्रीका प्रमुख हावर्ड वेबले भने, ‘रेबेका एक साँच्चै शान्त, मैदानमा केन्द्रित व्यक्ति हुन्। उनीसँग खेलको राम्रो बुझाइ छ । उनी एक सटीक निर्णयकर्ता हुन्, मैदानमा एक राम्रो एथ्लिट पनि।’
त्यसपछि, डिसेम्बर २६ मा साम एलिसन प्रिमियर लिग खेल सञ्चालन गर्ने पछिल्लो १५ वर्षमा पहिलो अश्वेत रेफ्री बन्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण