मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले दिए मधेश आन्दोलनका घाइतेलाई ह्वील चेयर

शनिबार, ३० मङ्सिर २०८०, १४ : १७
शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका घाइते पर्साका मुन्सी पटेललाई ह्वील चेयर प्रदान गरेका छन् ।

आफ्नो चुनावी क्षेत्र बारा–२ पुगेको बेला अध्यक्ष यादवले आज वीरगन्जस्थित पटेलको घरमै पुगेर सो ह्वील चेयर प्रदान गरेको जसपाका केन्द्रीय सदस्य आत्मराम साहले बताए ।

२०७२ मा संविधान जारी भइरहेको बेला भएको आन्दोलनमा प्रहरीको गोली पटेलको खुट्टामा लागेको थियो । गोली लागेपछि उनको उपचार त भयो तर हिँडडुल गर्ने अवस्थामा छैन । अपाङ्ग भएर ओछ्यानमै आफ्नो जीवन बिताइ रहेका पटेललाई ट्वाइलेट सुविधाको यो व्हील चेयरले हिँडडुल गर्नमा सजिलो हुने विश्वास गरिएको नेता साहले बताए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप