उपेन्द्र यादवले दिए मधेश आन्दोलनका घाइतेलाई ह्वील चेयर
शनिबार, ३० मङ्सिर २०८०, १४ : १७
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका घाइते पर्साका मुन्सी पटेललाई ह्वील चेयर प्रदान गरेका छन् ।
आफ्नो चुनावी क्षेत्र बारा–२ पुगेको बेला अध्यक्ष यादवले आज वीरगन्जस्थित पटेलको घरमै पुगेर सो ह्वील चेयर प्रदान गरेको जसपाका केन्द्रीय सदस्य आत्मराम साहले बताए ।
२०७२ मा संविधान जारी भइरहेको बेला भएको आन्दोलनमा प्रहरीको गोली पटेलको खुट्टामा लागेको थियो । गोली लागेपछि उनको उपचार त भयो तर हिँडडुल गर्ने अवस्थामा छैन । अपाङ्ग भएर ओछ्यानमै आफ्नो जीवन बिताइ रहेका पटेललाई ट्वाइलेट सुविधाको यो व्हील चेयरले हिँडडुल गर्नमा सजिलो हुने विश्वास गरिएको नेता साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण