‘श्यामल’ सहित वरिष्ठ साहित्यकार सम्मानित
काठमाडौँ । मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले विभिन्न विधाका वरिष्ठ साहित्यकारहरूलाई सम्मान गरेको छ । संस्थाको आज यहाँ आयोजित सातौँ साधारणसभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रष्टाहरूलाई सम्मान प्रदान गरिन् ।
कार्यक्रममा मध्यपश्चिम स्रष्टा सम्मान २०८० वरिष्ठ कवि एवं निबन्धकार हरिहर अधिकारी ‘श्यामल’ लाई प्रदान गरिएको छ । त्यसैगरी सोही सम्मानबाट साहित्यकार बलदेव शर्मा ‘मजगैया’ र प्राडा मीनबहादुर बिष्टसमेत सम्मानित भएका छन् ।
लोकेन्द्र शाह स्मृति सम्मान २०८० बाट कवि तथा कथाकार अम्मर शाह, कालीदास जोशी स्मृति सम्मानबाट कवि तथा समालोचक डा दीपक गौतम, प्रेम प्रकाश मल्ल स्मृति सम्मानबाट कवि तथा लोक सहित्य अन्वेषक मनोहर लामिछाने, इन्द्रमणि मानव स्मृति सम्मानबाट कवि तथा लोकसंस्कृति अन्वेषक मोतिराज बम सम्मानित भए ।
कृष्णसेन इच्छुक स्मृति सम्मान प्रा डा गोपीन्द्र पौडेल, नेत्रलाल अभागी स्मृति सम्मान वरिष्ठ साहित्यकार गिरीराज शर्मा, योगी नरहरिनाथ स्मृति वाङ्मय पुरस्कार र हरिप्रसाद मानकुमारी उपाध्याय स्मृति पुरस्कार विशिष्ट वाङ्मय साधक प्राडा चुडामणि बन्धुलाई प्रदान गरियो । त्यस्तै संस्थापक सम्मानबाट मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँका संस्थापक अध्यक्ष प्रा डा केशव सुवेदी सम्मानित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण