सत्य–स्वरूपको दुई गीत सार्वजनिक
काठमाडौँ । गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत आज सार्वजनिक गरिएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा उनीहरूको गीत सार्वजनिक गरिएको हो ।
गायक सत्यराज आचार्यले चलिरहेको शैलीभन्दा पनि सङ्गीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको जानकारी दिए । “हामीले अडियो तयार गरेर आँखालाई पनि बिझाउनु हुँदैन भनेर श्रव्यदृश्य पनि उस्तै मेहनत गरेर तयार गरेका छौँ । यो गीत हेर्दै गर्दा पक्कै केही भिन्नता र फरक महसुस गर्नुहुन्छ भन्ने लागेको छ”, गायक सत्यराजले भने । ‘पागलपन’ बोलको गीतमा उनलाई गायिका अञ्जु पन्तले स्वर दिएर सघाएकी छन् ।
अर्को ‘माया’ बोलको गीतमा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिनुभएको छ । गायक आचार्यले सिधैँ रेकर्डिङ स्टुडियो छिरेर गीतमा स्वर दिने परम्परा बढेकाले पुराना गीत झैँ मिठास हराएको बताए ।
“मैले यो गीत दुई साता अभ्यास गरेर गाएको हुँ । यसकारण पनि रेडियो नेपालमा रेकर्डिङ हुँदाको समय स्मरण गरे । यो चल्नुपर्ने वा टपक्कै मुखमा झुन्डिने शब्दभन्दा पनि मिठास बोकेको शब्द र सङ्गीत छ”, गायक आचार्यले भने, “गीतकारले बजार निर्देशितभन्दा पनि राम्रो गीत बनाउने प्रयास गर्नुभएको छ । यस्ता सर्जकले गीतसङ्गीतको आयु बढाउने काम गरिरहनु भएको हुन्छ ।”
सार्वजनिक गरिएको दुई गीतमा पदम लोहारले शब्द रचना गर्नुका साथै श्रव्यदृश्यमा अभिनय पनि गरेका छन् । चलचित्र गीतझैँ निर्माण गरिएको श्रव्यदृश्यले दर्शकलाई निराश नबनाउने निर्देशक कविराज गहतराजले बताए ।
पत्रकार सम्मेलनमा सङ्गीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण