सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा सिटीले अङ्क बाँड्यो

आइतबार, ०१ पुस २०८०, ०८ : १७
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अन्तिम समयमा गोल खाँदा बराबरीमा चित्त बुझाएको छ । 

शनिबार राति भएको खेलमा सिटीले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । सिटीले २ गोलको अग्रता जोगाउन असफल भयो ।

२४ औँ मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै अग्रता दिलाएका थिए । उनले फिल फोडेनको पासमा गोल गरेका हुन् । 

५४ औँ मिनेटमा रिको लेविसले गोल गरेपछि सिटी २–० को सहज अवस्थामा पुगेको थियो । तर, ७६ औँ मिनेटमा क्रिष्टलले पहिलो गोल फर्कायो । 

उसका लागि जिन फिलिपे माटेटाले गोल गरेका थिए । दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा सिटीका खेलाडीले फल गरेपछि क्रिष्टलले पेनाल्टी पाएको थियो । 

उक्त पेनाल्टीलाई मिचेल ओलिसेले गोलमा परिणत गर्दै सिटीबाट महत्वपूर्ण १ अङ्क दिलाए । यो नतिजापछि सिटी १७ खेलमा ३४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने क्रिष्टल १७ खेलबाट १७ अङ्कसहित १५ औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप