प्रिमियर लिगमा सिटीले अङ्क बाँड्यो
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अन्तिम समयमा गोल खाँदा बराबरीमा चित्त बुझाएको छ ।
शनिबार राति भएको खेलमा सिटीले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । सिटीले २ गोलको अग्रता जोगाउन असफल भयो ।
२४ औँ मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै अग्रता दिलाएका थिए । उनले फिल फोडेनको पासमा गोल गरेका हुन् ।
५४ औँ मिनेटमा रिको लेविसले गोल गरेपछि सिटी २–० को सहज अवस्थामा पुगेको थियो । तर, ७६ औँ मिनेटमा क्रिष्टलले पहिलो गोल फर्कायो ।
उसका लागि जिन फिलिपे माटेटाले गोल गरेका थिए । दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा सिटीका खेलाडीले फल गरेपछि क्रिष्टलले पेनाल्टी पाएको थियो ।
उक्त पेनाल्टीलाई मिचेल ओलिसेले गोलमा परिणत गर्दै सिटीबाट महत्वपूर्ण १ अङ्क दिलाए । यो नतिजापछि सिटी १७ खेलमा ३४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने क्रिष्टल १७ खेलबाट १७ अङ्कसहित १५ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण