ज्योति साहित्य प्रतिष्ठानको २०५औँ कविता वाचन शृङ्खला सम्पन्न
काठमाडौँ । ज्योति साहित्य प्रतिष्ठानको २०५औँ कविता वाचन शृङ्खला सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा ललितपुरको इमाडोलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवस तथा विशिष्ट अतिथि शैलेन्द्र साकार तथा कवि बुद्धिराज पाण्डेको उपस्थितमा सो कार्यक्रम आयोजना भएको हो ।
शिवपुरी सन्देशका प्रधान सम्पादक वियोगी बुढाथोकी र ‘शब्दपथ’का प्रधान सम्पादक किशोर पहाडीलाई तुलसी दिवस र शैलेन्द्र साकारद्वारा प्रतिष्ठानको अध्यक्ष मणिराज सिंहको उपस्थितिमा ज्योति साहित्य सम्मान अर्पण गरिएको थियो ।
उक्त कार्यक्रममा सुनिता अधिकारीलाई आजीवन सदस्यता तथा सम्मान पत्र प्रदान गरिएको थियो । सो कार्यक्रमा प्रा. तुलसी दिवस, विशिष्ट अतिथि शैलेन्द्र साकार, सुनिता अधिकारी, रुबिना राना मगर, जुमन किरण, विनोद खत्री आकाश, सूर्य बस्नेत, नानीमैयाँ अधिकारी, किशोर पहाडी, वियोगी बुढाथोकीले आआफ्नो मनतव्यसहित कविता, गजल, मुक्तक वाचन गरेका थिए ।
कवि सुधा मिश्रले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने उनले मैथिली भाषामा कविता वाचन पनि गरिन् ।
प्रतिष्ठानका धेरैजसो कार्यक्रम ललितपुरमा हुनेगरेका र आफू नियमित रूपमा आउँदै जाँदै गर्नाले काठमाडौँबासी भएर इमाडोलवासी भए झैँ महसुस भएको मन्तव्य शिखर कवि शैलेन्द्र साकारले व्यक्त गर्नु भयो । साहित्यमै लागेर पनि आर्थिक पक्षलाई बलियो बनाउन सकिन्छ भनेर आफ्नै उदाहरण विश्व कवि तुलसी दिवसले प्रस्तुत गरेका थिए । कविले रचना गर्दा अरूको नक्कल वा प्रभावमा नपरी मौलिकता झल्कने सिर्जना गर्नु पर्छ भन्दै नयाँ सर्जकबाट राम्रा सिर्जना सुन्न पाइएकोमा खुसी व्यक्त गरे ।
आगामी दिनमा पनि ज्योति साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान र कविता वाचनलाई निरन्तरता दिने वाचा गर्दै प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले ज्योति प्रकाशन प्रालिलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण