सुन्दर बजारको सामूहिक भोज प्रकरण: कुखुराको मासु विषाक्त रहेको प्रारम्भिक निष्कर्ष
पोखरा । लमजुङको सुन्दर बजारमा साता दिनअघि रात्रिभोज खाएर ३९ जना बिरामी भए । भोजमा सहभागी ४१ जनामध्ये १ जनाको मृत्यु भयो भने केही उपचाररत छन् । त्यसपछि घटनाको अध्ययनको लागि खटिएको टोलीले प्रारम्भिक नतिजा निकालेको छ ।
भोजमा सेवन गरिएका परिकारहरु मध्ये कुखुराको मासुमा विषाक्तता रहेको प्रारम्भिक नतिजाबाट देखिएको टोलीले जनाएको छ । `अनुमान अनुसार भोजमा मासु काट्न प्रयोग गरिएको धारिलो हतियार र अचानोबाट स्वाब निकाली परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ,´ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. शशी कँडेलले भने ।
टोलीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट भूपदेव भट्ट, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत तारा प्रसाद अर्याल र विश्व स्वास्थ्य संगठनका डा. सुजन अधिकारी सहभागी थिए । उनीहरूले प्राप्त विवरण सहितको प्रतिवेदन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्मालाई हस्तान्तरण गरेका छन् । मङ्सिर २२ गते भोज खाएकामध्ये ३२ वर्षकी महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।
३९ जनालाई झाडपखाला लागेको प्रमाणित भयो । भोजमा दाल, भात, कुखुराको मासु र मुलाको अचार गरी चार परिकार सेवन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण