लुम्बिनी प्रदेशसभा : विषयगत समितिका सभापतिको निर्वाचन हुने
सोमबार, ०२ पुस २०८०, १७ : २४
बुटवल । लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयन गरिने भएको छ ।
पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकिएको लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख छ ।
लुम्बिनीमा ६ वटा विषयगत समिति छन् । समितिको सदस्य मनोनयन भए पनि सभापति चयन लामो सययसम्म भएका थिएनन् ।
जसअनुसार अब सार्वजनिक लेखा समिति ,कृषि, वन तथा वातावरण, अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार विकास समिति, सामाजिक विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापतिको निर्वाचन हुने छ । लुम्बिनी प्रदेशमा दुई वटा सरकार गठन भइसकेपनि प्रदेश सभाको संसदीय समिति सभापति चयन हुन नसक्दा आलोचना समेत हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण