कुराकानीको स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
बुधबार, ०४ पुस २०८०, ०६ : २२
काठमाडौँ । म्यासेजिङ एपमा साथी बनेर वार्तालाप स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय डिल बहादुर गलामी छन् ।
गुल्मीको सत्यवती गाउँपालिका घर भएका गलामीलाई पुस २ मा बाँकेबाट पक्राउ गरिएको साइबर ब्युरोका सूचना अधिकारी (एसपी) पशुपति कुमार रायले रातोपाटीलाई बताए ।
वार्तालापको स्क्रिन रेकर्ड सम्पादन गरेर आरोपीले सामाजिक सञ्जालमा अश्लील सन्देश पोस्ट गरेर एकल महिलाको चरित्र हत्या गरेको आरोप छ ।
उनलाई विद्युतीय कारोबार ऐन–२०६३ को कसुरमा काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको एसपी रायले जानकारी दिए । जिल्ला सरकारी वकिल कार्यालयले उनिबिरुद्धको अभियोग पत्र असोज १९ मा जिल्ला अदालतमा दर्ता गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण