मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनी सहर खेरसनमा आक्रमण, नौ जना घाइते

बुधबार, ०४ पुस २०८०, २१ : २१
बुधबार, ०४ पुस २०८०

कीएभ । युक्रेनले राजधानी कीएभ र दोस्रो ठूलो सहर खार्किभलाई निशाना बनाई ड्रोन आक्रमण गर्दा  खेरसनमा रुसी गोलाबारीबाट चार बालबालिकासहित नौ जना घाइते भएको जनाइएको छ ।

खेरसनका मेयर रोमन म्रोचकोका अनुसार रुसी कब्जाकर्ताले खेरसनमा गोलाबारी गर्दा नौ जना घाइते भएका थिए ।  जसमध्ये दुईदेखि १३ वर्ष उमेर समूहका चार बालबालिका थिए ।

एक आमा तथा तीन बच्चालाई अस्पतालमा भर्ना गरिएको र उनीहको अवस्था सामान्य छ । उनीहरूलाई विस्फोटबाट चोट लागेको मेयरले टेलिग्राममार्फत बताए ।

राजधानीको सैन्य प्रशासन प्रमुख सेर्ही पोप्कोका अनुसार, धेरै इरानी निर्मित ‘शाहेद’ ड्रोनहरू पनि युक्रेनी वायु प्रतिरक्षाले खसालेका थिए जुन कीएभतर्फ केन्द्रित थिए ।

अपरेशनले सारांशको प्रारम्भिक तथ्याङ्क अनुसार राजधानीमा कुनै क्षति पुगेको थिएन भने डिसेम्बरमा कीएभमा पाँचौं आक्रमण ब्ल्याक सीबाट गरिएको थियो ।

खार्किभका मेयर इगोर तेरेखोभले आफ्नो सहरका आवासीय भवनहरू नजिकै कम्तीमा दुईवटा आक्रमण भएको बताए । आक्रमण तथा  विनाशबारे जानकारी आउने क्रम जारी रहेको उनले टेलिग्राममार्फत जानकारी दिए । 

मस्कोले पछिल्लो समयमा युक्रेनी शहरहरूमा रात्रिकालीन समयमा आक्रमण बढाएको छ भने पछिल्लो समय यूक्रेनलाई समर्थन गर्ने पश्चिमको इच्छा घट्दै गएको देखिन्छ ।

अमेरिकी सिनेटका प्रजातान्त्रिक तथा गणतान्त्रिक नेताहरूले मङ्गलबार वाशिङ्गटनले वर्षको अन्त्य अघि युक्रेनका लागि नयाँ सहायता अनुमोदन गर्न सक्षम नहुने बताएका छन् । यद्दपी दुबै पक्षले सम्झौताको विन्दु खोज्ने काम जारी राखेका छन् ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप