गजल : यही देशमा सकिनु छ
बिहीबार, ०५ पुस २०८०, १० : ०६
समाजलाई केही दिनु छ, देशलाई केही दिनु छ,
देशकै सेवा गरेर मलाई यही देशमा सकिनु छ !
सुटकेसमा सर्टिफिकेट घाँटीमा पदक छ,
हातमा राहदानी नियतिमा परदेशिनु छ !
ज्ञान के हो, सीप के हो ? संस्कार के हो, सम्पत्ति के हो ?
दीक्षित बरा अनजान छ सबका सामु निहुरिनु छ !
जसले शिक्षित बेरोजगारको उत्पादन गर्छ ,
विश्वविद्यालय विश्व रेकर्ड राखेर पन्छिनु छ !
तपाईं मेरो गुरु बिनिदिनुस् बारुद बनाउनु छ,
निकम्मा शिक्षा प्रणालीमा बम बनेर पड्किनु छ !
हावा सिकाउनु माटो चिनाउनु मौसम पढाउनु,
यही देशमा एउटा बिउलाई फेरि उम्रिनु छ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण