वैदेशिक रोजगार विभाग दुई सातादेखि महानिर्देशकविहीन
काठमाडौँ । वैदेशिक रोजगार विभाग दुई सातादेखि महानिर्देशिकविहीन बनेको छ । मदन दाहालको गत मङ्सिर २२ मा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा गरिएको थियो ।
उनको सरुवा भएदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म अर्को महानिर्देशन पठाउन सकेको छैन । महानिर्देशक नहुँदा विभागको दैनिक प्रशासनिक कार्यका साथै ठगी तथा वैदेशिक रोजगारीका उजुरीबारे काम हुन सकेको छैन ।
सेवाग्राहीहरूले महानिर्देशकबाट गर्नुपर्ने निर्णयका लागि सास्ती खेप्दै आएका छन् । मन्त्रालयले हालसम्म कसलाई महानिर्देशक बनाएर पठाउने भन्नेमा टुंंगो लगाउन सकेको छैन । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अहिलेसम्म कसलाई पठाउने भन्नेबारे निर्णय नभएको बताए ।
‘मन्त्रीज्यू अहिले बिरामी हुनुहुन्छ । उहाँले कसलाई पठाउनुहुन्छ । त्यो हामीलाई जानकारी हुने कुरा भएन । चाँडै पठाउनुहुन्छ होला’ घिमिरेले भने ।
मन्त्री र महानिर्देशकबिच मतभेद सुरु भएपछि मन्त्री शरतसिंह भण्डारीले दाहालको सरुवा गरेका थिए । पछिल्लो समय विभागले गर्दै आएका निर्णयहरूमा मन्त्री भण्डारीले हस्तक्षेप गर्दै आएका छन् ।
विभागले वैदेशिक रोजगारीमा हुने ठगीबारे निर्णय गर्दा मन्त्री भण्डारीले कारबाही फुकुवा गर्दै आएका थिए । जसले गर्दा मन्त्री र महानिर्देशकबीच मतभेद सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा स्कुल बसमा आगजनी
-
विवादमा तानिएका राष्ट्रपतिका आर्थिक विज्ञद्वारा राजीनामा
-
फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
आमिर खानले गरे ‘सरफरोश २’को घोषणा
-
सरकारसँगको सहमति पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शन (तस्बिरहरू)
-
संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक : कांग्रेस