मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको मधेस प्रदेश कमिटी पुनर्गठन गर्ने जिम्मा उपेन्द्र यादवलाई

शुक्रबार, ०६ पुस २०८०, १५ : २४
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी मधेस प्रदेश कमिटी पुनर्गठन हुने भएको छ । जसपाको मधेस प्रदेश कमिटीमा देखिएको आन्तरिक विवादका कारण प्रदेश कमिटी नै विघटन गर्नुपर्ने कुरा उठ्दै आएको थियो । जितेन्द्र यादव, इसुफ खान, रामपृत पासमानलगायतले प्रदेश कमिटी विघटन गरेर पुनः अर्को गठन गर्नुपर्ने माग गर्दै आएका छन् । 

मधेस प्रदेश कमिटीका अध्यक्ष रामबाबु यादव अध्यक्ष बनेपछि मधेस प्रदेशमा पार्टी कमजोर भएको, पार्टीभित्र पनि विभिन्न विवादहरू सृजना भएको, पार्टी चेन अफ कमान्डमा नचलेको जस्ता गुनासो भइरहेको थियो । रामबाबु यादव अध्यक्ष भएपछि एउटा पनि बैठक बसाउन सकेका छैनन् ।

हरेक बैठकमा उनले जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई उपस्थित गराएर बैठक सञ्चालन गर्थे । पार्टीमा विवाद बढ्दै गएपछि कमिटीको बैठक बोलाएर त्यस विषयमा छलफल भएकामा कमिटीलाई नै पुनर्गठन गर्ने निर्णय भएको । सो पुनर्गठन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । ५१ सदस्य प्रदेश कमिटी गठन हुने जसपाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप