फागुनमा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने
पिकलबल संघ नेपालको आयोजनामा फागुनमा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको छ।
सातदोबाटो स्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते आयोजना गरिने शुक्रबार पत्रकार सम्मेलनमार्फत संघले जानकारी दिएको छ।
नेपालको २४ सहित,भारत, थाइल्याण्ड, बेलायत,स्पेनका गरि १ सय २० खेलाडीको प्रतियोगितामा सहभागिता रहने बताइएको छ।
टोलीका व्यवस्थपक ज्याक्सन सुवेदीले ३ विधा एमेच्योर, इन्टरमेडिड, एडभान्समा महिला पुरूष १९ वर्ष,३५ वर्ष माथि, ५० वर्ष र ६० वर्ष माथि अलग अलग प्रतिस्पर्धा हुनेछ।
महिला पुरुष सिगंल, डबल्स, मिक्स डबल्समा २ सय १६ पदकको लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा भाग लिने खेलाडीका लागि दर्ता खुला गरिएको आयोजकले जानकारी दिएको छ।
संघका अध्यक्ष मुकुन्द (सौरभ) भण्डारीले पिकलबल
नेपालमा नयाँ खेल भएको बताए । ४ वर्ष अघि पिकलबल सुरु भएपनि कोभिडका कारण सोचे जस्तो विस्तार गर्न नसकिएको जानकारी दिए । अध्यक्ष भण्डारीले भविष्यमा सगरमाथाको आधार शिविरमा प्रतियोगिताको आयोजना गर्ने योजना रहेको बताए ।
पछिल्लो डेढ वर्षमा खेल्ने सय भन्दा बढि खेलाडी तयार भएको र भविष्यमा खेलाडी बढाउने लक्ष्य रहेको अध्यक्ष भण्डारीले जानकारी दिए। पिकलबल सन् १९६५ मा अमेरिकामा सुरु भएको थियो।
टोलीका संयोजक फत्तेबहादुर खड्काले पिकलबलको विकासले पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास लिइएको बताए । विशाल मिलन केन्द्रका सचिव लक्ष्मण थापाले समुदायलाई जोड्न पिकलबल सहयोगी हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण