पार्टीको विवाद मिलाउन उपेन्द्र यादव सप्तरीमा
काठमाडौँ । सप्तरीमा देखिएको पार्टी भित्रको आन्तरिक विवाद मिलाउनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैं सप्तरी पुगेका छन् । सप्तरीको पर्सामा असन्तुष्ट पक्षले समानन्तर जिल्ला कमिटी बनाएपछि पार्टीको आन्तरिक विवाद छताछुल्ल भएको हो । सोही विवाद मिलाउनका लागि अध्यक्ष यादव सप्तरी पुगेका हुन् ।
सप्तरीमा कार्यकारिणी सदस्य रेणु यादव र केन्द्रीय सदस्य शैलेन्द्र साहको अगुवाइमा उमेश यादवको नेतृत्वमा अर्को कार्य समिति बनेको छ । जसपा सिरहा जिल्ला समितिका अध्यक्ष केदार यादव हुन् । उनको विपक्षमा उमेश यादवको नेतृत्वमा नयाँ कार्य समिति बनेको हो ।
जिल्ला जिल्लामा देखिएको विवाद समाधान गर्नका लागि जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवको संयोजकत्वमा कार्यदल गठन भएको थियो । त्यो कार्यदलले पनि समस्या समाधान गर्न नसकेपछि अध्यक्ष यादव आफै सप्तरी पुगेका हुन् । उनले दुवै पक्षका नेतासँग यस विषयमा छलफल गरी समस्या समाधानका लागि प्रयास गर्ने जसपाका एक जना कार्यकारिणी सदस्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण