सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीको विवाद मिलाउन उपेन्द्र यादव सप्तरीमा

शनिबार, ०७ पुस २०८०, १६ : ०४
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । सप्तरीमा देखिएको पार्टी भित्रको आन्तरिक विवाद मिलाउनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैं सप्तरी पुगेका छन् । सप्तरीको पर्सामा असन्तुष्ट पक्षले समानन्तर जिल्ला कमिटी बनाएपछि पार्टीको आन्तरिक विवाद छताछुल्ल भएको हो । सोही विवाद मिलाउनका लागि अध्यक्ष यादव सप्तरी पुगेका हुन् ।

सप्तरीमा कार्यकारिणी सदस्य रेणु यादव र केन्द्रीय सदस्य शैलेन्द्र साहको अगुवाइमा उमेश यादवको नेतृत्वमा अर्को कार्य समिति बनेको छ ।  जसपा सिरहा जिल्ला समितिका अध्यक्ष केदार यादव हुन् । उनको विपक्षमा उमेश यादवको नेतृत्वमा नयाँ कार्य समिति बनेको हो ।

जिल्ला जिल्लामा देखिएको विवाद समाधान गर्नका लागि जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवको संयोजकत्वमा कार्यदल गठन भएको थियो । त्यो कार्यदलले पनि समस्या समाधान गर्न नसकेपछि अध्यक्ष यादव आफै सप्तरी पुगेका हुन् । उनले दुवै पक्षका नेतासँग यस विषयमा छलफल गरी समस्या समाधानका लागि प्रयास गर्ने जसपाका एक जना कार्यकारिणी सदस्यले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप