मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

४ करोड डलर भ्रष्टाचार गरेको आरोपमा युक्रेनका शीर्ष अधिकारी पक्राउ

आइतबार, ०८ पुस २०८०, १५ : ५२
आइतबार, ०८ पुस २०८०

कीएभ । ४ करोड डलर (५ अर्ब नेपाली रुपैयाँभन्दा बढी) रकम भ्रष्टाचार गरेको आरोपमा युक्रेनको रक्षा मन्त्रालयका शीर्ष अधिकारी पक्राउ परेका छन् । युक्रेनियन सेक्युरिटी सर्भिस (एसबीयू) का अनुसार गोलाबारुद खरिद प्रक्रियामा भ्रष्टाचार भएको हो ।

एसबीयूका अनुसार ती अधिकारीले आर्टिलरी शेल खरिद गर्न एक विशेष निर्यात कम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसपछि गोलाबारुद्ध उत्पादन गर्ने कम्पनीसँग अर्को सम्झौता गरिएको थियो जसमा कुनै बिचौलिया सामेल थिएन । एसबीयूका अनुसार यसले आर्टिलरी शेलको डेलिभरीको समय घटेको र लागत पनि घटेको थियो ।

एसबीयूका अनुसार ती अधिकारीले गरेको पहिलो महँगो सम्झौताबाट ४ करोड डलर एउटा विदेशी बिचौलिया कम्पनीको नाममा ट्रान्सफर गरिएको थियो । एसबीयूले यसमा गैरकानुनी गतिविधि भएको प्रमाण फेला परेको जानकारी दिएको छ । यदि आरोप पुष्टि भएमा ती अधिकारीलाई १५ वर्षसम्म जेल सजाय हुने बताइएको छ । युक्रेनको रक्षा मन्त्रालयले उक्त रकम फिर्ता ल्याउन पहल गरिरहेको जानकारी दिएको छ ।-सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप