लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ
आइतबार, ०८ पुस २०८०, १६ : ०३
लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।
केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । केसी बाँके क्षेत्र नम्बर १ र थापा प्युठान प्रदेशसभा २ बाट विजयी भएका थिए। लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका थिए । थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ ।
नवनियुक्त मन्त्रीहरूले बुटवलमा शपथ ग्रहण गरे पनि पदभार ग्रहण गर्न दाङ जाने छन्। लुम्बिनी प्रदेशमा १० मन्त्रालयमध्ये वन मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण