प्रतिष्ठानको काम अघि बढाउन जसपा अध्यक्ष यादवको जोड
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि अलपत्र अवस्थामा रहेका रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम यथाशीघ्र अघि बढाउनुपर्ने बताएका छन् ।
प्रतिष्ठानको निर्माण सुरु गर्न माग गर्दै आन्दोलनरत सप्तरी युथ नेपालका प्रतिनिधिहरुसँग आज साँझ सप्तरीको राजविराजमा कुराकानी गर्दै उनले प्रतिष्ठानको काम अगाडि बढाउनका लागि आफू सक्रिय रुपमा लागेको बताए ।
जसपा अध्यक्ष यादवले भने, “सुरुमा जग्गा प्राप्तिमै धेरै समय लाग्यो, विभिन्न झमेला र चुनौती पार गरेर अघि बढ्दा पनि विभिन्न कारणले प्रतिष्ठानको निर्माण कार्यले गति लिन सकिएन । तर हालसम्म निर्माण भने अघि बढ्न सकेको छैन ।”
सप्तरीमा आफूले सुरुआत गराएको योजनाहरु पूरा गराउन अहिले पनि पूर्ण प्रतिबद्धताका साथ लागिपर्ने सप्तरी युथ नेपालका प्रतिनिधिमण्डलसमक्ष उनले प्रतिबद्धता जनाए । सो क्रममा सञ्चारकर्मीद्वारा पार्टीमा देखिएको आन्तरिक विवादबारे राखिएको जिज्ञासमा अध्यक्ष यादवले विवाद देखिनु समान्य कुरा भएको जनाउँदै यसलाई आपसी छलफलबाट टुङग्याइने जवाफ दिए ।
एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुुस १६ गते मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशको सप्तरीको राजविराज नगरपालिका–१० बिरौलमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो ।
करिब ६२ बिगाहा जग्गा प्रतिष्ठानको नाममा उपलब्ध गराउनाका साथै २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । सप्तरी युथ नेपालको प्रतिनिधिमण्डलमा कार्यवाहक अध्यक्ष मोहनकुमार यादव, आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्रकुमार यादव लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण