आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आवश्यक नभएकालाई जति कन्याए पनि पार्टी बन्दैन : झलनाथ खनाल

बुधबार, ११ पुस २०८०, १३ : १८
बुधबार, ११ पुस २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजको वर्गीय संरचना र अन्तर्विरोधलाई ध्यानमा राखेर पार्टी विधान निर्माण गर्दै त्यसलाई कार्यान्वयन गर्न सकिए मात्रै पार्टी सबल र सुदृढ बनाउन सकिने बताएका छन् ।

बुधवारबाट सुरु भएको सो पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले पार्टी बनाउँदा समाजको वर्गीय संरचना र अन्तर्विरोधलाई ध्यानमा राख्नुपर्ने बताएका हुन् ।

‘वर्ग पहिचान मुख्य कुरा हो । पार्टी काम कहाँ केन्द्रित गर्ने भन्नेमा ध्यान दिनुपर्छ । खास वर्गमा केन्द्रित गर्न सकेनौँ भने पार्टी बन्दैन । जसलाई क्रान्तिको आवश्यक छ त्यो ठाउँमा गयौ भने मात्र पार्टी बन्छ । जसलाई आवश्यक छैन उसलाई जति कन्याउनुस् पार्टी बन्दैन’, खनालले भने, ‘यो हिसाबले विधान बनाउँदा सोच्नुपर्छ ।’

उनले त्यस क्रममा पार्टीभित्रको जनवाद कसरी व्यवस्थित गर्ने भन्ने पनि सोच्नुपर्ने बताए । ‘हामी अहिलेको यो तदर्थ पार्टीलाई चाँडोभन्दा चाँडो महाधिवेशन गरेर संस्थागत गरेर निर्वाचित कमिटी निर्माण गरेर विधिसम्मत पार्टीमा रूपान्तरणमा जाँदैछौ’, खनालले भने, ‘सङ्गठनात्मक रूपमा पनि एकताबद्ध रूपमा यो पार्टीलाई विकास गर्नुपर्छ । पार्टीभित्र कुनै पनि विषयमा व्यापक छलफल गरौँ, नडराउ ।’ 

कम्युनिस्ट पार्टी बहसविना नचल्ने र नबन्ने भन्दै बुद्धको पालामा पनि बहस छलफल हुने गरेको स्मरण गराए । बहस र छलफलबाट पार्टी नभाग्ने भन्दै खनालले कार्यकर्ताहरूलाई किन आकर्षण गर्न सकेनौ भन्ने विवेचना गर्नुपर्ने बताए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप