५ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । बिहीबार एकैपटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान साढे ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा पशुपति क्षेत्र विकास कोषबाट सम्पादित कामकारबाहीहरू तथा समसामयिक विषयहरू सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै साढे ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हालसम्म भए गरेका कामकारबाहीको अवस्था, खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य वस्तुको मौजुदा अवस्था, माग र आपूर्तिको अवस्था, दुर्गम क्षेत्रमा वितरणको अवस्था, किसान र उद्योगहरूबाट उत्पादन भएका अत्यावश्यक वस्तुको खरिद गर्ने र भण्डारण गर्ने सम्बन्धमा, जनशक्ति व्यवस्थापन, चालु आ.व.को वार्षिक बजेट, कार्यक्रम र भावी कार्ययोजना लगायतका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, सचिव र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल हुनेछ ।
त्यस्तै बिहान साढे १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।
यसैगरी दिउँसो १ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा विपद् जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन लगायत गृह मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयन अवस्थाका बारेमा गृह सचिवसँग छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण