इण्डियन आइडलमा मेनुकाको चर्चा चुलिँदो, उदितबाट पाइन् मूर्ति उपहार
काठमाडौँ । इण्डियन आइडलमा सहभागी नेपाली गायिका मेनुका पौडेलको चर्चा दिन प्रतिदिन चुलिँदो छ । प्रतियोगितामा उनलाई एकपछि अर्को चर्चा मिलिरहेको छ ।
प्रतियोगितामा उनले बलिउड गायक उदित नारायण झालाई उत्कृष्ट प्रस्तुति मार्फत प्रभावित पार्दै साइबाबाको मूर्ति उपहार समेत पाएकी छन् । प्रतियोगितामा उनले उदितको गीत ‘साइनाथ’ गाएकी थिइन् । जुन आगामी एमिसोडमा प्रसारण गरिनेछ ।

सोनी टेलिभिजनले प्रतियोगिताको आगामी एपिसोडको प्रोमो सार्वजनिक गरेको छ । जसमा मेनुकाले उदितबाट मूर्ति उपहार पाएको देखाइएको छ । प्रोमोमा मेनुकालाई उदितले अँगालो हाल्दै गायनको प्रशंसा समेत गरेको छन् । क्रिसमस स्पेसलको रुपमा तयार पारिएको एपिसोडमा उदित सान्ताको हुलियामा स्टेजमा देखिनेछन् ।
आइडलको अहिले सिजन १४ चलिरहेको छ । यो सिजनमा मेनुकाले सुरुदेखि नै शानदार प्रस्तुति दिँदै आएकी छन् । केही अगाडि यही मञ्चबाट उनले भारतीय फिल्म ‘सलार’मा पाश्र्वगायन अवसर पाएकी थिइन् । यही मञ्चमा उनको गायनबाट प्रभावित भएर बलिउड अभिनेता रणवीर कपुरले संगीतकी साक्षात् देवी भन्दै पाउँ छाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण