बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
मनाेमानी

व्यवसायीकै कारण पोखराको प्याराग्लाइडिङ धरापमा

शनिबार, १४ पुस २०८०, ०६ : १६
शनिबार, १४ पुस २०८०

पोखरा । आन्तरिक विवादका कारण पोखराको प्याराग्लाइडिङ २ साता बन्द भयो । कम्पनी र पाइलटहरु विभाजित भएपछि बन्द रहेको प्याराग्लाइडिङ उडान नियमित गर्नेमा नेपाल नागरिक उड्डयन प्राधिकरण र व्यवसायीबिच सहमति भएको छ ।

यद्यपि आन्तरिक विवाद भने निर्मुल भएको छैन । कम्पनीहरुबिच द्वन्द्व बढेपछि क्यानले नै नयाँ सहमति नहुँदासम्म उडान बन्द गरिदिने निर्णय गरेको थियो । नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष सुनिलबहादुर भट्टराईले उडान सूचारु गर्ने निर्णय भएको जानकारी दिए ।

‘व्यवसायी र क्यानबिचको सहमति अनुसार अब नियमित उडाउन राजी भएका छौँ । सहमतिको बुँदा नाले पहिले निकालेको सूचनाकै आधारमा छ,’ उनले भने, ‘कम्पनीले आफ्नो ग्राहक अब आफैँ खोज्छन् । आफ्नो रेट आफैँ तोक्छन् ।’

गत मङ्सिर अन्तिम साता प्याराग्लाइडिङका कम्पनीहरूले आफैँ उडाउन पाउनुपर्ने र त्यसको मूल्य पनि आफ्नै हिसाबले लिन पाउनुपर्ने माग राखेका थिए । बहुमत कम्पनीको माग यसैमा केन्द्रित भएपछि छाता संस्था नाले सिण्डिकेट तोडेर आफ्नै हिसाबले मूल्य कायम गर्न सूचना निकालेको हो । तर केही कम्पनी उक्त निर्णयको विरुद्ध लागे । विवाद बढ्दै गएपछि क्यानले नै हस्तक्षेप गरेर उडान बन्द गरिदियो ।

पोखरामा कुनै समय ३ हजारभन्दा कम मूल्यमा पनि प्याराग्लाइडिङ उडान भएको थियो । आफूखुसी शुल्क तोक्ने निर्णयपछि आफ्नो पारिश्रमिक गुम्न सक्ने भन्दै पाइलटहरुले चाहिँ उडान नगर्ने निर्णय गरे । यद्यपि नयाँ सहमतिमा उनीहरुले पनि हस्ताक्षर गरेका छन् ।

क्यानबाट पोखरामा आधिकारिक रुपमा अनुमतिको पत्र पाउने बित्तिकै उडान सुरु हुने भट्टराई बताउँछन् । सहमतिमा क्यानका तर्फबाट सेफ्टी प्रमुख राजु श्रेष्ठ, व्यवसायीको तर्फबाट नाका अध्यक्ष भट्टराई र पाइलटका तर्फबाट क्लवका पदाधिकारीले हस्ताक्षर गरेका छन् ।

यस अघि प्याराग्लाइडिङ गर्दा प्रति व्यक्ति १२ हजारसम्म शुल्क लाग्ने गरेको थियो । सम्पूर्ण उडानको जिम्मा नाले लिन्थ्यो । संस्थाले नै कम्पनीहरुलाई यात्री भाग लगाएर पठाउँथ्यो । यात्रीले चाहिँ यो शुल्क महँगो भएको गुनासो गर्दै आएका थिए ।

पोखरामा कुनै समय ३ हजारभन्दा कम मूल्यमा पनि प्याराग्लाइडिङ उडान भएको थियो । आफूखुसी शुल्क तोक्ने निर्णयपछि आफ्नो पारिश्रमिक गुम्न सक्ने भन्दै पाइलटहरुले चाहिँ उडान नगर्ने निर्णय गरे । यद्यपि नयाँ सहमतिमा उनीहरुले पनि हस्ताक्षर गरेका छन् ।

पाइलट क्लवका अध्यक्ष दीपक थापाले उडान गर्ने सहमति भइसकेको तर पत्र नआएको बताए । ‘सम्भवतः आज पत्र आउँछ । त्यसपछि हामी बैठक बसेर आगामी दिनमा कसरी जाने भन्ने निर्णय गर्छौं,’ उनले भने, ‘हामीबिच द्वन्द्व हिजो पनि थिएन, आज पनि छैन । यो सबै समस्या कम्पनीको हो ।’

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट हुने उडान मान्द्रेढुङ्गा सारिएको थियो । ठाउँ सरेपछि खर्च बढी हुने भन्दै कम्पनीले उडानमा शुल्क थपेका हुन् । अहिले फेरि उडान तोरीपानीमै फर्किएको छ । सराङकोटबाट उडान हुँदा लागत कम लाग्ने बताइएको छ ।

उनले पाइलटको पारिश्रमिक सुरक्षित हुनुपर्ने माग राखेका छन् । ‘पाइलटको पारिश्रमिक सुरक्षित हुनुप¥यो । यात्रीहरु सुरक्षित हुनुप¥यो,’ उनी अघि भन्छन्, ‘हाम्रा अरु कुनै माग छैनन् । खासमा आफूखुसी रेट तोक्दा अस्वस्थ प्रतिस्पर्धा होला भन्ने चिन्ता हो । दुर्घटना निम्तिन सक्छ भनेर ध्यानाकर्षण गराएका हौँ ।’

पत्र पाएपछि कम्पनी र पाइलटहरुबिच संयुक्त बैठक हुने र नियमित उडान थाल्ने थापाको भनाइ छ ।

दुई सातामात्रै बन्द हुँदा यो व्यवसायले करोडौँ रुपैयाँको क्षति बेहोर्नुपरेको छ । दैनिक दुई सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटकले प्याराग्लाइडिङ गर्छन् । यहाँ करिब ५५ कम्पनी छन् भने ३ सय व्यावसायिक पाइलटले काम गर्छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट हुने उडान मान्द्रेढुङ्गा सारिएको थियो । ठाउँ सरेपछि खर्च बढी हुने भन्दै कम्पनीले उडानमा शुल्क थपेका हुन् । अहिले फेरि उडान तोरीपानीमै फर्किएको छ । सराङकोटबाट उडान हुँदा लागत कम लाग्ने बताइएको छ ।

पोखराका मेयर धनराज आचार्यले कम्पनीहरुको विवादले प्याराग्लाइडिङलाई प्यारालाइसिस बनाउन नहुने बताएका छन् । ‘प्याराग्लाइडिङको जुन समस्या छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पर्यटन क्षेत्रको एउटा महत्त्वपूर्ण प्रोडक्ट प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन पाइँदैन,’ उनले भने, ‘सम्बन्धित क्षेत्रमा रहेका साथीहरूले आफूभित्र रहेको इगोलाई हटाइदिनुहोला र एउटा उपयुक्त सोलुसन (समाधान) लिएर आउनुहोला ।’

उनले व्यवसायीले समाधान नगरे महानगरले हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । ‘पछिल्लो समय स्थानीय सरकार, नागरिक उड्डयन प्राधिकरण वा प्रशासनको कारणले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुगेको होइन । यसमा व्यवसायीहरू बिचको टकरावले विभिन्न अड्चन देखिएका छन्,’ उनले अघि भने, ‘तपाईंहरु मिल्नुभएन भने हामीले आदेश गर्नुपर्ने हुन्छ । त्यति बेला अलिकता नमिठो हुनसक्छ ।’

व्यवसायीलाई परेका सबैखालका समस्या समाधान गर्न महानगर तयार रहेको मेयर आचार्यले सुनाए । सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङका गतिविधि सुरु भएका हुन् । यहाँ प्याराग्लाइडिङको वर्ल्डकप, प्रिवर्ल्डकप, एसियन च्याम्पियनसीप, नेशनल च्याम्पियनसीप र बर्सेनि विभिन्न प्रतियोगिता हुँदै आएको थियो । कोरोना संक्रमणपछि भने यस्ता प्रतियोगिता रोकिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप