बजेटमार्फत करका दर घटाउन अर्थमन्त्रीलाई उद्योग वाणिज्य महासङ्घको सुझाव
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्षको बजेट वास्तविकतामा आधारित रहेर ल्याउन सुझाव दिएको छ । बुधबार अर्थमन्त्री वर्षमान पुनलाई आगामी वर्षको बजेटबारे सुझाव दिँदै महासङ्घले कार्यान्वयन हुन सक्ने बजेट ल्याउनु पर्ने सुझाव दिएको हो ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यान्वयन गर्न सक्ने बजेट अहिलेको आवश्यकता भएको बताए । उनले नीति तथा कार्यक्रममा निजी क्षेत्रको सुझाव समेटिएको बताउँदै बजेटमा समेत समेटिनु पर्ने बताए । उनले आगामी वर्षको बजेटमा नीति तथा कार्यक्रममा समेटिएका विषय बजेटमा समेट्न र कार्यान्वयन गर्न सुझाव दिए ।
यस्तै निर्यातमुखी नीति नियमसहितको बजेट आउने र गिट्टी तथा बालुवाको निर्यात प्रोत्साहन गर्ने नीति बजेटमा समेटिनु पर्ने ढकालको भनाई छ । यसबाहेक सुझाव कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले उद्योग मैत्री बजेट आउनु पर्ने मत राखे । उनीहरूले सरकारले समर्थ गरेमा र कर छुट दिन सकेमा निर्यात व्यापार अत्यधिक बढ्ने सुझाव राखे ।
यसबाहेक व्यवसायीले व्यक्तिगत आयकरको दर घटाउनु पर्ने, करका दर घटाउनु पर्ने लगायतका सुझाव राखे । महासङ्घले ४० लाखभन्दा माथि लाग्ने ३९ प्रतिशत करलाई घटाएर ३० प्रतिशतमा झार्नु पर्ने सुझाव दिएको छ । यस्तै विभिन्न क्षेत्रमा लाग्दै आएको मूल्य अभिवृद्धि कर समेत हट्नु पर्ने लगायतका सुझाव निजी क्षेत्रको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण