प्रिमियर लिग : म्यानचेस्टर सिटीको सहज जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिटीलाई जिताउन रोड्रिले १४ औँ तथा जुलियन अल्भारेजले ६१ औँ मिनेटमा गोल गरेका थिए । जितसँगै सिटी १९ खेलबाट ४० अंकका साथ तालिाको तेस्रो स्थानमा छ ।
पराजित भएको सेफिल्ड भने पुछारमा रहेको छ । यसै गरी शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने नटिङघम फरेस्टसँग २–१ गोलले पराजित भएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा निकोलस डोमिनगुएजले गोल गर्दै ६४ औँ मिनेटमा नटिङघमलाई अग्रता दिलाएका थिए । ७८ औँ मिनेटमा मार्कस रासफोर्डले युनाइटेडलाई बरबरीमा ल्याए । तर, ८२ औँ मिनेटमा मोर्गन गिब्सले गोल गर्दै नटिङघमको जित पक्का गराए । जितसँगै नटिङघम तालिकाको १५ औँ स्थानमा छ भने पराजित भएको युनाइटेड ७ औँ स्थानमा रहेको छ ।
यसैगरी अन्य खेलमा चेल्सीले लुटनलाई ३–२ ले पराजित गर्दा एसटन भिल्लाले बर्नलेमाथि ३–२ कै जित निकालेको छ । क्रिष्टल प्यालेसले बे्रन्टफोर्डमाथि ३–१ को जित निकाल्दा वुल्भ्सले एभर्टनलाई ३–० ले स्तब्ध बनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण