बालकुमारी घटना : सुर्खेतमा चर्कियो आन्दोलन, वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम
सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आइतबार वीरेन्द्रनगरमा पुनः आन्दोलन चर्किएको छ । ‘युवा विद्रोही’ समूहले आइबार सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेको छ ।
रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकको अवस्था अहिले तनावग्रस्त छ । त्यहाँ कुनैपनि सवारी साधनहरू चलिरहेका छैनन् ।यही ठाउँमा शनिबार पनि आन्दोलन गरिएको थियो । शनिबार नै समूहले आइतबार सुर्खेतमा सवारी साधन बन्द गर्ने घोषणा गरेको थियो । सोही अनुसार अहिले दिउँसो १२ बजेदेखि आन्दोलन सुरु भएको हो ।
आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ ।
उक्त समूहका विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा मृतकका आफन्तहरू सहभागी छन् । आन्दोलनकारीहरूले टायर बाल्ने काम पनि गरिरहेका छन् । आन्दोलन भइरहेको ठाउँमा प्रहरी तैनाथ भइरहेको छ ।
आन्दोलनको अगुवाइ गरिरहेका नवीन योगीले सडकका सवारी साधन चलाएको खण्डमा जुनसुकै घटना पनि हुन सक्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण