‘मध्यपश्चिम विश्वविद्यालयलाई इज्जतका साथ चलाउन खोज्दा घेराबन्दी भइरहेको छ’
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई इज्जतका साथ चलाउन खोज्दा आफूमाथि चारैतिरबाट घेराबन्दी गरिएको बताएका छन् । राजनीतिको आडमा आफूमाथि घेराबन्दी गरिएको उनको आरोप छ ।
आइतबार प्रश्न पत्र चुहावट सम्बन्धी कारबाहीको विषयमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति सिंहले विश्वविद्यालय राजनीतिको चङ्गुलमा फसिरहेको र आफूले त्यसबाट माथि उठाउन खोजेको बताए । पुस तीन गतेदेखि सञ्चालन हुने भनिएको स्कुल अफ इन्जिनियरिङ स्नातक तह छैटौँ सेमेस्टरको प्रश्न पत्र परीक्षा सञ्चालन हुनुभन्दा पहिला नै बाहिरिएको थियो ।
प्रश्न पत्र चुहावटको विषयमा छानबिन समिति समेत बनाइसकिएको छ भने परीक्षा स्थगित गरिएको छ । परीक्षा व्यवस्थापन कार्यालयबाट नै प्रश्न पत्र चुहावट भएको आशङ्का गरिएको छ ।
उपकुलपति सिंहले अहिलेसम्म ६ जना शंकाको घेरामा रहेको र उनीहरूमाथि छानबिन भइरहेको बताए । सिंहले जसरी भए पनि दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने दाबी गरे ।
विश्वविद्यालयमा यस्ता खालका गतिविधि यसअघि पनि भइरहेको र आफू आएपछि त्यस्ता गतिविधि बन्द गरेको दाबी उनको छ । ‘म आए देखिनै विश्वविद्यालयलाई कडाइ गर्ने र सुधार गर्ने कोसिस गरिरहेको छु,’ उनले भने, ‘ तर, राजनीतिका नाममा ममाथि चारैतिरबाट घेराबन्दी भइरहेको छ ।’
परीक्षामा समेत राजनीति गर्ने काम भइरहेको बताउँदै सिंहले यस्तो खालको गतिविधिले शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण