शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्चीको पानी युद्धस्तरमा काठमाडौँवासीलाई वितरण गरियोस् : पूर्वप्रधानमन्त्री खनाल

सोमबार, १६ पुस २०८०, १५ : ५५
सोमबार, १६ पुस २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौँवासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गरेका छन् ।  

सोमबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा मेलम्चीको पानी काठमाडौँ उपत्यका छिटो वितरणको माग गर्दै लिमिटेडलाई ज्ञापन पत्र बुझाउँदै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँमा पानीको संकट दिनानुदिन बढेर गइरहेको बताए ।

उनले सरकारले पानीको आपूर्ति बिस्तार गर्न नसक्दा समस्या झनै बढेर गएको जिकिर गरे । उनले पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लिई चाँडो भन्दा चाँडो मेलम्चीको पानी वितरण गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री खनालले मान्छेले आफ्नो जीवन बचाउन नपाए जे गर्न पनि बाध्य हुने अवस्थालाई सरकारले बुझ्न जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप