मेलम्चीको पानी युद्धस्तरमा काठमाडौँवासीलाई वितरण गरियोस् : पूर्वप्रधानमन्त्री खनाल
सोमबार, १६ पुस २०८०, १५ : ५५
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौँवासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गरेका छन् ।
सोमबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा मेलम्चीको पानी काठमाडौँ उपत्यका छिटो वितरणको माग गर्दै लिमिटेडलाई ज्ञापन पत्र बुझाउँदै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँमा पानीको संकट दिनानुदिन बढेर गइरहेको बताए ।
उनले सरकारले पानीको आपूर्ति बिस्तार गर्न नसक्दा समस्या झनै बढेर गएको जिकिर गरे । उनले पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लिई चाँडो भन्दा चाँडो मेलम्चीको पानी वितरण गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री खनालले मान्छेले आफ्नो जीवन बचाउन नपाए जे गर्न पनि बाध्य हुने अवस्थालाई सरकारले बुझ्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण