कांग्रेसले फेरि मेलमिलापको कुरा गर्दा मनमा चिसो पसेको थियो : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसले ०३३ साललाई जोडेर फेरि राष्ट्रिय मेलमिलापको कुरा गरेपछि आफूलाई मनमा चिसो पसेको बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले सोमबार गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कांग्रेसले मेलमिलापको कुरा गर्दा फेरि राजासँगको सहकार्यका लागि त होइन भनेर आफ्नो मनमा चिसो पसेको बताएका हुन् ।
‘सुरुमा त यो कार्यक्रमबारे सुन्दा मलाई कता कता के भयो नेपाली कांग्रेसलाई ? राष्ट्रिय मेलमिलापको कुरा पो आज उठ्दैछ । त्यो पनि २०३३ सालसँग जोडेर भन्दाखेरि त्यो बेलामा राजासँगको सहकार्यको कुराले गर्दा अलिकति मलाई मनमा चिसो चाही पसेको थियो’, उनले भने, ‘फेरि सहकार्यको विचार नेपाली कांग्रेसमा आयो कि के हो ?’ नेपाली कांग्रेसमा थरिथरिका विचार रहेको भन्दै उनले कांग्रेसको यो विचार र व्यवहारमा आफूहरू अभ्यस्त भएको पनि बताए ।
‘त्यसो भएकाले फेरि अहिले राजावादीले टाउको उठाइरहेका बेलामा, प्रतिगमनकारी शक्ति चलमलाइरहेको र फागुन ७ देखि आन्दोलनको घोषणा गरिरहेको बेलामा के पो होला भन्ने लागेको थियो ? पछि यसो बुझ्दा गणतन्त्र पक्षधरको बिचमा नयाँ एकता गर्ने मान्यताका साथ कार्यक्रम गरिरहेका छौ भनेपछि ढुक्क भएको छु’, नेपालको भनाई छ । उनले आफूलाई चिसो पस्नुमा नेपालका नेताहरूले बेला बेला गति छाडेको देखेको पनि बताए ।
अध्यक्ष नेपालले सबैलाई चिन्ता देशको भएको भन्दै यो चिन्ताबाटै हामी कसरी अघि बढेन भनेर मन्थन गर्न चाहिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण