अंग्रेजी नयाँ वर्षमा ‘दयारानी’ को गीत ‘चोरी चोरी’ सार्वजनिक

काठमाडौँ । अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘दयारानी’ को गीत रिलिज भएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर ‘चोरी चोरी’ बोलको गीत रिलिज गरिएको हो । गीतमा दयाहाङ राई र दीया पुन फिचर्ड छन् ।
मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द रहेको गीतमा संगीतकार थापा मगर र सदिक्षा कट्टेलको स्वर छ । फिल्म आगामी माघ २६ गतेबाट र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । अभिनेता माओत्से गुरुङले यही फिल्म निर्देशनमा डेव्यु गरेका हुन् ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शीर्षा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्म नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सांसद सिंहले आफ्नै खातामा जम्मा गराउँथे कमिसन
-
ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन : २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा लण्डनभर बिजनेस स्टडीतर्फ दोस्रो स्थान
-
मधेश प्रदेशका सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा
-
व्यवसायमुखी युट्युब च्यानलको रूपमा आइडियाप्रिन्योरले बनायो इतिहास
-
२० अर्ब भन्दा बढी रकम गायब भएको छैन : नेपाल बैङ्क
-
नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बरमा टी–ट्वान्टी आई सिरिज खेल्ने