सुदूरपश्चिम विकासका लागि चाहिने आधारभूत तत्त्वहरू बढी भएको प्रदेश हो : मन्त्री साउद
मङ्गलबार, १७ पुस २०८०, १५ : १९
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभूत तत्त्वहरू बढी भएको स्थान रहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित दृश्यमा खप्तड शृङ्खला २ को विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री साउदले परिवेश, परिस्थितिको विकाससँगै सुदूरपश्चिममा पनि विकासका सम्भावनाका ढोकाहरु खुलेको बताए । उनले जलविद्युत उत्पादन, कृषि, सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रका लागि पनि सुदूरपश्चिम क्षेत्र महत्त्वपूर्ण रहेको बताए । उनले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले पनि सुदूरपश्चिम प्रदेश महत्त्वपूर्ण रहेको बताए ।
मन्त्री साउदले अहिले पनि सुदूरपश्चिमलाई आवश्यक विकास गर्न नसकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण