बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

स्मार्ट डोर्सले सर्वसाधारणमा शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बुधबार, १८ पुस २०८०, ०६ : ३३
बुधबार, १८ पुस २०८०

काठमाडौँ । स्मार्ट डोर्स लिमिटेडद्वारा साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । 

मङ्गलवार आयोजित एक कार्यक्रममा स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

रु.२ करोड ८० लाख शेयर पुँजी बराबरको रु सय अङ्कित दरको २ लाख ८० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई विक्री गर्न लागिएको हो । सन् २०७८ मा स्थापना भएको यस कम्पनीले नेपालमा विभिन्न प्रकारको ढोकाहरू उत्पादन तथा बिक्री गर्दै आइरहेको छ । 

कम्पनीले जर्मनी प्रविधिका मेशिनहरूबाट गुणस्तरीय ढोकाहरू २५ वर्षीय वारेन्टीका साथ नेपालमै उत्पादन गर्दै आइरहेको छ । साथै, यस कम्पनीद्वारा उत्पादित माईका ढोका, मेमरेन ढोका र थ्री डी ढोका विश्व भरी प्रसिद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप