हामी २००७ सालदेखि लडिरहेका छौँ, लडिरहन्छौँ : महत
बिहीबार, ०३ जेठ २०८१, १९ : ०७
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले कांग्रेसले २००७ सालदेखि लडिरहेको बताउँदै आफ्नो मुद्दामा लडिरहने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा उनले भोलिका दिन सरकार कसरी प्रस्तुत हुन्छ त्यसरी नै कांग्रेस प्रस्तुत हुने बताए ।
उनले भने,‘हिजो हामी लोकतन्त्रको पक्षमा कोही नउभिँदा एक्लै त उभियौँ, २००७ सालदेखि लोकतन्त्रको पक्षमा कांग्रेस लडिरहेको छ, कानुनी शासनका लागि लडिरहेको छ भने भोलि पनि लड्छौँ ।’
उनले सभामुख पार्टीको निर्देशनमा चलेको आरोप समेत लगाएका छन् । सांसद महतले कांग्रेस सबैभन्दा शान्तिप्रिय पार्टी, संसदीय मर्यादामा रहने पार्टी भएकोले संसदमा आफ्नो दलबाट कसैप्रति आक्रामक व्यवहार नगरिएको बताए । महतले समग्र सहकारीको विषयका साथै रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण