बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रिया गर्दै स्पार्क कार

बिहीबार, ०३ जेठ २०८१, १९ : १३
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । स्पार्क कारले शुक्रबार ‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । पर्यापर्यटनमा विश्वको अवस्था, नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले गरेका काम, यसको चुनौती र सम्भावना लगायतको मुद्दामा केन्द्रित हुँदै कम्पनीले शुक्रबार राजधानीमा वृहत् छलफल कार्यक्रम आयोजना गर्न लागेको हो । 

खासगरी नेपाल विश्वमा कार्बन कम उत्सर्जन गर्ने मुलुकका रूपमा रहेकाले अझै यसलाई बढाउनका लागि नवीकरणीय ऊर्जा र यसको सम्भावनाबारे बृहत् अन्तरक्रिया गर्न लागिएको स्पार्क कारका कार्यक्रम संयोजक अमरदीप भट्टराईले जानकारी दिए ।

अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, गभर्नर महाप्रसाद अधिकारी,  साइमेक्स इंक प्रालिका सिईओ साहिल श्रेष्ठ, वातावरणविद् भुषण तुलाधरबीच छलफल हुनेछ । जसको संयोजन पत्रकार जगदिश खरेलले गर्नेछन् ।

कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाहरू, सरकारी, गैरसरकारी, कुटनीतिक नियोग,  बहुराष्ट्रिय कम्पनी, कर्पोरेट तथा वातावरणविद् लगायतका प्रतिनिधि सहित २ सय जना सहभागी रहनेछन् ।  

अन्तरक्रिया कार्यक्रममा नविकरणीय ऊर्जाको पूर्वाधार विकास कुन अवस्थामा छ, यसको सामाजिक अवस्था, नेपालमा यसको चुनौतीलाई कसरी चिर्ने, चुनौतीलाई पार लगाउन निजी क्षेत्र, सरकार, विज्ञ वा सरोकारवालाहरूको भूमिका कस्तो आवश्यक हुन्छ भन्ने बारे छलफल हुने भट्टराईले जानकारी दिए ।

स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सन् २०३५ सम्ममा कम्पनीको सबै सेवाका लागि विद्युतीय सवारी मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ  ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारले आयोजना गरेको यस  कार्यक्रमलाई विद्युतीय सवारी बीवाईडी, आईजीआई प्ररुडेन्सियल इन्स्योरेन्स, प्रभु बैंक तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले सहयोग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप