भिजिट भिसा प्रकरणमा धरपकड गरेको भन्दै विमानस्थल अध्यागमनमा ‘हडताल’ !
बुधबार, १८ पुस २०८०, १६ : ५७
काठमाडौँ । भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै विमानस्थलका कर्मचारी हडतालमा उत्रिएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार ३:३० बजेदेखि हडताल सुरु गरेका हुन् ।
विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले स्वतन्त्र रूपमा कामकाज गर्न पाउनुपर्ने माग गरेका छन् । यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अन्य कर्मचारीमाथि पनि पक्राउ पुर्जी आएपछि कर्मचारीहरू आन्दोलित भएका हुन् ।
अहिले आधा कर्मचारीले मात्रै काम गरिरहेका छन् र काम पनि एकदमै ढिलो गरिरहेका छन् । अध्यागमनका २४ मध्ये ६ वटा काउण्टर मात्रै चलाइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण