नेपालबाट ६ करोडको कुरकुरे, कुरमुरे र लेज निर्यात

काठमाडौँ । नेपालबाट चालू आर्थिक वर्ष २०८०/८१ मा ६ करोड २ लाख ३१ हजार रुपैयाँको कुरकुरे, कुरमुरे र लेज निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिर महिनासम्मको अवधिमा उक्त मूल्य बरारबको कुरकुरे, कुरमुरे र लेज निर्यात भएको हो ।
नेपालबाट विश्वका १७ वटाभन्दा धेरै देशमा कुरकुरे, कुरमुरे र लेज निर्यात हुने गरेको छ । जसमध्ये अष्ट्रेलियामा १ करोड २ लाखको निर्यात भएको छ । यस्तै, भुटानमा २ करोड ७६ लाख, इजरायलमा ५८ लाख, इटालीमा ४० लाखको निर्यात भएको छ ।
विभागका अनुसार भारतमा ३८ लाख रुपैयाँको निर्यात हुँदा बहराइनमा १८ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै, कुवेत र कतारमा समान १०/१० लाखको निर्यात हुँदा ओमानमा ११ लाखको कुरकुरे, कुरमुरे र लेज निर्यात भएको छ । यसबाहेक, अन्य देशमा समेत उल्लेख्य मात्रामा कुरकुरे, कुरमुरे र लेज निर्यात भएको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनको अवरोध खोल्न माओवादीले अन्य विपक्षी दलसँग छलफल गर्ने
-
बहुविवाह गरेको आरोपमा एबीसी ओभरसिजका सञ्चालक पक्राउ
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
कुटपिटबाट घाइते किशोरको मृत्यु
-
वाईसीएलमा निर्वाचन नहुने, सहमतिमै नेतृत्व छान्ने तयारी
-
निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पतालहरु साउनबाट सञ्चालनमा ल्याइने