नेपालबाट ६ करोडको कुरकुरे, कुरमुरे र लेज निर्यात
काठमाडौँ । नेपालबाट चालू आर्थिक वर्ष २०८०/८१ मा ६ करोड २ लाख ३१ हजार रुपैयाँको कुरकुरे, कुरमुरे र लेज निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिर महिनासम्मको अवधिमा उक्त मूल्य बरारबको कुरकुरे, कुरमुरे र लेज निर्यात भएको हो ।
नेपालबाट विश्वका १७ वटाभन्दा धेरै देशमा कुरकुरे, कुरमुरे र लेज निर्यात हुने गरेको छ । जसमध्ये अष्ट्रेलियामा १ करोड २ लाखको निर्यात भएको छ । यस्तै, भुटानमा २ करोड ७६ लाख, इजरायलमा ५८ लाख, इटालीमा ४० लाखको निर्यात भएको छ ।
विभागका अनुसार भारतमा ३८ लाख रुपैयाँको निर्यात हुँदा बहराइनमा १८ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै, कुवेत र कतारमा समान १०/१० लाखको निर्यात हुँदा ओमानमा ११ लाखको कुरकुरे, कुरमुरे र लेज निर्यात भएको छ । यसबाहेक, अन्य देशमा समेत उल्लेख्य मात्रामा कुरकुरे, कुरमुरे र लेज निर्यात भएको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण