एमाले : राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीबाट ६ जनाको सिफारिस
शुक्रबार, २० पुस २०८०, १२ : ५३
बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
प्रदेश कमिटीको बैठकले पाल्पाका झपेन्द्र जिसी कपिलवस्तुका सफर अलि मियाँ ,कृष्ण कुमारी गुरुङ बर्दिया, एकमाया विक बाँके,तुलसी के सी बाँके र शारदा शर्मा कपिलवस्तुलाई सिफारिस गरेको हो ।
प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले ६ जना समावेशी नबाएर आफूहरूले सिफारिस गरेको बताउँदै त्यसमध्ये बाट २ जनालाई केन्द्रीय कमिटीले टिकट दिने रातोपाटीलाई बताए। अन्य दलहरूले प्रदेशबाट सिफारिस यसअघि नै गरे पनि एमालेले अन्तिम समयमा गरेको हो ।
लुम्बिनी प्रदेशमा दुई सिटको लागि निर्वाचन हुँदै छ । काँग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दशौदीको समय अवधि सकिँदै छ । निर्वाचन अन्तर्गत पुस २३ गते मनोनयनको तालिका सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण